२० साउन, काठमाडौं - नेपाल विद्युत् प्राधिकरणको सञ्चालक सदस्यमा पूर्वसचिव देवेन्द्र कार्की र पूर्वसहसचिव महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले शुक्रबार नै कार्की र गुरुङलाई नियुक्त गरिसकेको जनाएको छ । मन्त्रीस्तरीय निर्णयबाट कार्की र गुरुङलाई प्राधिकरणको सञ्चालक समितिका सदस्यमा शुक्रबार नै नियुक्त गरिएको मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले बताए । ‘यसअघिका दुई सदस्यलाई लिखित स्पष्टिकरण माग गरिएको थियो, उहाँहरुले स्पष्टिकरण पनि बुझाउनु भयो,’ उनले भने, ‘उहाँहरुले बुझाउनु भएको स्पष्टिकरण चित्त नबुझेपछि शुक्रबार नै मन्त्रीस्तरीय निर्णयबाट पदमुक्त गर्यौं । नयाँ सदस्यलाइ पनि नियुक्त गरिसक्यौं ।’ कार्की पूर्व उर्जा तथा भाैतिक सचिव हुन् ।गुरुङ विद्युत् विकास विभागको पूर्वमहानिर्देशक र पञ्चेश्वर विकास प्राधिकरणका पूर्व…
२० साउन, काठमाडौं - नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यबाट भक्तबहादुर पुन र कपिल आचार्यलाई हटाइएको छ । डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्नुपर्ने अडान राख्दै आएका आचार्य र पुनलाई ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले बोर्ड सदस्यबाट हटाएको हो । डेडिकेटेड र ट्रंक लाइनको विद्युत् सुविधा प्रयोग गरेर बक्यौता नतिर्ने उद्योगको लाइन काटिएको र ती उद्योगीले बक्यौता नतिरेसम्म लाइन जोड्नन हुने भन्दै अडान लिएका आचार्य र पुनलाई साउन १५ मा लिखित स्पष्टिकरण माग गरिएको थियो । साउन १८ मा उनीहरूले स्पष्टिकरण बुझाएका थिए ।
२० साउन, काठमाडौं - कर्णालीका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । नेपाली कांग्रेसका तर्फबाट सिफारिस भएका चार जना मन्त्रीहरूले प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष आइतबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । कांग्रेसका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा मन्त्रीमा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी मन्त्री बनेका छन् । आठ सदस्यीय मन्त्रिपरिषदमा मुख्यमन्त्रीसहित तीन मन्त्रालय एमाले र चार मन्त्रालय कांग्रेसले लिएको छ ।
२० साउन, काठमाडौं - सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दल नेता कमलबहादुर शाहले दाबी पेस गरेका छन् । प्रदेश प्रमुख नजिर मियाँसमक्ष उनले आइतबार दिउँसो दाबी पेस गरेका हुन् । आइतबार बिहान बसेको दलको बैठकले पार्टी सभापतिको निर्देशनमा शाहलाई अघि सार्ने निर्णय गरेको थियो । शाहको समर्थनमा एमालेले समर्थ गरेको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न आज आइतबार साँझ ५ बजेसम्मको समय तोकेका छन् । आइतबार नै शाहलाई नियुक्ति दिने प्रदेश प्रमुख कार्यालयको तयारी छ । एमाले र कांग्रेसको गठबन्धन बनेपछि सुदूरपश्चिम सरकारको नेतृत्व कांग्रेसको भागमा…
१९ साउन, काठमाडौं - जेठ २८ यता शनिबारसम्म बाढी, पहिरो र मनसुनजन्य विपद्मा परेर १५० जनाको ज्यान गएको छ भने १४९ जना बेपत्ता भएका छन् । बाढी पहिरोबाट ४ हजारभन्दा बढी परिवार विस्थापित भएका छन् । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जनाको मृत्यु भएको छ भने कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना र बागमती प्रदेशमा २९ जनाको मृत्यु भएको छ । त्यस्तै, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २७ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार काठमाडौं उपत्यकामा १० जना, कोशी प्रदेशमा…
१९ साउन, काठमाडौं - नेपालको राष्ट्रिय महिला भलिबल टोलीले भारतविरुद्ध ऐतिहासिक जित हात पारेको छ । काठमाडौंमा जारी काभा वुमन्स नेसन्स भलिबल लिगको दोस्रो खेलमा नेपालले भारतलाई हराएको हो । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भारतविरुद्ध भएको खेलमा ३-२ सेटले नेपालले खेल आफ्नो पक्षमा पार्न सफल भएको हो । नेपाल र भारत बीचको अन्तिम सेट निकै प्रतिस्पर्धात्मक बनेको थियो । नेपालले पाँचौ सेटमा १५–१३ बनाएर जित आफ्नो पक्षमा पारेको हो । यस जितसँगै नेपालको दुई खेलबाट ५ अंक पुगेको छ । तीन खेल खेलेको भारत ७ अंक जोडेर शीर्ष स्थानमा छ ।
१९ साउन, काठमाडौं - माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले सुशासन कायम गर्न चालेको भ्रष्टाचारविरोधी अभियानबाट तर्सिएकाहरूले राजनीतिक समीकरण परिवर्तन गरेको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा पुनले नेपालमा बिचौलियाहरूले प्रधानमन्त्री र मन्त्रीहरूको नियुक्ति तथा सचिव सरुवा गर्ने हैसियत बनाएको भन्दै उनले यो अवस्था अब लामो समयसम्म रहन दिन नहुने बताए । ‘अध्यक्ष प्रचण्डले डेढ वर्ष सरकारमा रहँदा भ्रष्टाचार, अनियमिताता र बिचौलिया प्रवृत्तिविरुद्ध संघर्ष गर्नुभयो । बाहिर आउँदा पनि माओवादीले सरकार चलाउँदा गलत काम गरेन भनेर मानिसहरूले भनिरहेका छन्,' पुनले भने, ‘आफ्नो स्वार्थमा काम नगरेका कारण बिचौलिया र दलाल पुँजीपति वर्गले हामीलाई मन पराएन ।…
१९ साउन, काठमाडौं - नेकपा एमालेका नेता योगेश भट्टराईले मुलुकलाई नयाँ दिशा दिनका लागि कांग्रेस-एमाले एक ठाँउ आउनुपरेको बताएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा भट्टराईले देशलाई प्रयोगशाला बनाउँदा विकास र समृद्धिमा असर परेको भन्दै मुलुकलाई नयाँ दिशा दिनका लागि कांग्रेस-एमाले एक ठाँउ आउनुपरेको बताए । उनले इतिहासको कठिन मोडमा कांग्रेस-एमालेले देशका लागि निकै योगदान गरेको भन्दै अब मुलुकलाई अघि बढाउनका लागि पनि एकठाँउ आएको जिकिर गरे । भट्टराईले अर्थतन्त्रलाई लयमा फर्काउनुपर्ने, विदेशी मुलुकको विश्वास जितेर लगानीको वातावरण बनाउनुपर्ने लगायतका विषयलाई सहज ढंगले अघि बढाइने धारणा राखे । नेपालको राजनीतिक व्यवस्थालाई अग्रगामी दिशा दिन संविधान संशोधन गर्नुपर्ने भएकाले कांग्रेस-एमालेले अग्रसरता लिए…
१८ साउन, धनगढी - सुदूरपश्चिम प्रदेशमा साउन २० गते आइतबार भित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरिएको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार नयाँ मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका हुन् । संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन् । उक्त धारामा दुई या दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । दाबी पेश गर्न आइतबार साँझ ५ बजेसम्मको अवधि तोकिएको छ । हाल दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन बनेको अवस्थामा सुदूरपश्चिममा यी…
१८ साउन, काठमाडौं - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा बुझाएका छन् । शुक्रबार प्रदेशसभामा राजीनामाको घोषणा गरेका मुख्यमन्त्री सोडारीले लगत्तै प्रदेश प्रमुख मियाँलाई भेटेर राजीनामा बुझाएका हुन् । प्रदेश सभामा अल्पमतमा परेका सोडारीले शुक्रबार विश्वासको मत लिने घोषणा गरेका थिए । तर, उनले विश्वासको मत नलिई राजीनामाको घोषणा गरेका थिए । नेपाली कांग्रेससँग सहमतिपश्चात असार २८ गते नेकपा एमालेले सोडारी सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो। त्यसपछि संविधानअनुसार पाउने ३० दिनको सुबिधा उपभोग गरेर सोडारीले शुक्रबार राजीनामा गरेका हुन्। योसँगै प्रदेशमा नयाँ सरकार निर्माणका लागि नेपाली कांग्रेस र नेकपा एमालेलाई बाटो खुलेको छ। यहाँ…