Epost Nepal

काठमाडौंमा ट्राफिक नियम तोड्नेविरुद्ध कडाइ, २० लाख राजस्व संकलन

१६ असार, काठमाडौं — काठमाडौं उपत्यका ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ५९२ सवारीसाधनलाई कारबाही गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट २० लाख २४ हजार ५६१ रुपैयाँ राजस्व संकलन भएको छ।

कार्यालयका प्रवक्ता तथा एसपी नरेशराज सुवेदीका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ७३ जना, राइड सेयरिङ गर्ने ८७ जना, रातो बत्ती उल्लंघन गर्ने ७४ जना, तीव्र गतिमा सवारी चलाउने ७८ जना तथा लेन अनुशासन पालना नगर्ने ४७ जनालाई कारबाही गरिएको छ।

यस्तै, गाडीमा कालो सिसा प्रयोग गर्ने ८७ जना, ‘नो हर्न’ क्षेत्रको नियम उल्लंघन गर्ने ५६ जना, एकतर्फी सडकमा सवारी चलाउने ३२ जना तथा अन्य विभिन्न कसुरमा एक हजार ५८ जनामाथि पनि कारबाही गरिएको उनले जानकारी दिए।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो समय ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथि निगरानी बढाउँदै कडाइका साथ कारबाही गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मोरोक्को प्रि-क्वार्टरफाइनलमा, नेदरल्याण्ड्स बाहिरियो

मोरोक्को प्रि-क्वार्टरफाइनलमा, नेदरल्याण्ड्स बाहिरियो

१६ असार, काठमाडौं — मोरोक्कोसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै नेदरल्याण्ड्स फिफा विश्वकपबाट बाहिरिएको छ। पेनाल्टीमा मोरोक्कोले न...
काठमाडौंमा ट्राफिक नियम तोड्नेविरुद्ध कडाइ, २० लाख राजस्व संकलन

काठमाडौंमा ट्राफिक नियम तोड्नेविरुद्ध कडाइ, २० लाख राजस्व संकलन

१६ असार, काठमाडौं — काठमाडौं उपत्यका ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ५९२ सवारीसाधनलाई कारबा...

Spribe’s Upcoming Slot Releases Worth Watching

Spribe’s Upcoming Slot Releases Worth Watching Spribe has turned upcoming slots into a genuine watchlist category, and tonybet ...
युक्रेनको ड्रोन प्रहारले रूसको इन्धन पूर्वाधार प्रभावित

युक्रेनको ड्रोन प्रहारले रूसको इन्धन पूर्वाधार प्रभावित

१५ असार, काठमाडौं — रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको लामो दूरीको ड्रोन आक्रमणका कारण रूसमा इन्धन अभावको समस्या देखिएको ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search