Epost Nepal

ताजा खबर

अर्थमन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरण विधेयक प्रतिनिधिसभामा पेस गरे

अर्थमन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरण विधेयक प्रतिनिधिसभामा पेस गरे

१४ असार, काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रतिनिधिसभामा प्रस्तुत गरेका छन्। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुखको अनुमतिपछि अर्थमन्त्री वाग्लेले उक्त विधेयक सरकारी विधेयकका रूपमा सदनमा पेस गरेका हुन्। प्रतिनिधिसभा नियमावली, २०८३ को नियम १०५ अनुसार विधेयक प्रस्तुत गर्न अनुमति मागिएको प्रस्तावमा कुनै पनि सांसदले विरोधको सूचना नदिएपछि सभामुखले विधेयक पेस गर्न अनुमति दिएका थिए। विधेयकको आवश्यकताबारे जानकारी दिँदै अर्थमन्त्री वाग्लेले तस्करी, भन्सार छली, अन्तःशुल्क तथा करसम्बन्धी कसुर, धितोपत्र वा कमोडिटिज बजारमा हुने भित्री कारोबार (इन्साइडर ट्रेडिङ) तथा मार्केट म्यानुपुलेसनजस्ता अपराध नियन्त्रण गर्न कानुन संशोधन आवश्यक रहेको बताए। उनले मुद्रा, बैंकिङ,…
Read More
विश्व बजारको मागले गुल्मीमा कफी खेती विस्तारलाई टेवा

विश्व बजारको मागले गुल्मीमा कफी खेती विस्तारलाई टेवा

१४ असार, काठमाडौं — नेपालमा कफी खेतीको उद्गमस्थल मानिने गुल्मीमा पछिल्ला वर्षहरूमा व्यावसायिक कफी खेती तीव्र रूपमा विस्तार हुँदै गएको छ। सरकारी प्रोत्साहन, अनुसन्धान तथा अन्तर्राष्ट्रिय बजारमा बढ्दो मागका कारण जिल्लामा कफी खेती गर्ने किसानको संख्या र खेतीको क्षेत्रफल दुवै बढ्दै गएका छन्। हाल गुल्मीमा करिब २७० हेक्टर क्षेत्रफलमा कफी खेती भइरहेको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ, गुल्मीको सहयोगमा हालसम्म १५० हेक्टर क्षेत्रमा नयाँ कफी बगान विस्तार गरिएको छ। यसै वर्ष थप ४० हेक्टर क्षेत्रमा कफी खेती विस्तार हुने अनुमान गरिएको छ। जिल्लाभर करिब एक हजार ८०५ कृषक कफी खेतीमा संलग्न छन्। व्यावसायिक कफी खेती विस्तार गर्ने कृषकमध्ये…
Read More
समूह चरण सकिँदा मेसी शीर्ष गोलकर्ता, एमबाप्पे र हालान्ड पछ्याउँदै

समूह चरण सकिँदा मेसी शीर्ष गोलकर्ता, एमबाप्पे र हालान्ड पछ्याउँदै

१४ असार, काठमाडौं — फिफा विश्वकप २०२६ को समूह चरणमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीसहित तीन खेलाडीले ह्याट्रिक गरेका छन्। अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको विश्वकपमा सोमबार बिहान समूह चरणका सबै खेल सम्पन्न भएका हुन्। समूह चरणमा मेसीसँगै क्यानाडाका जोनाथान डेभिड र फ्रान्सका उसमान डेम्बेलेले पनि ह्याट्रिक गरेका छन्। मेसीले समूह जे अन्तर्गतको पहिलो खेलमा अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै विश्वकपमा सर्वाधिक १६ गोल गर्ने मिरोस्लाभ क्लोजको कीर्तिमान बराबरी गरेका थिए। त्यसपछि अस्ट्रियाविरुद्ध दुई गोल गर्दै उनी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बने। जोर्डनविरुद्धको तेस्रो खेलमा भने बेन्चबाट मैदान प्रवेश गरेका मेसीले दोस्रो हाफमा गोल गरे। यस विश्वकपमा उनले ६ गोल…
Read More
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका निष्कर्ष, प्रयोग गरिएको आधार र कानुनी व्याख्यालाई लिएर देशभर गम्भीर बहस सुरु भएको छ। प्रतिवेदनमा उठाइएका विषयहरू सतहमा हेर्दा गम्भीर देखिए पनि त्यसको विश्लेषण गर्ने तरिका, प्रयोग गरिएका तथ्य र निष्कर्ष निकाल्ने शैलीप्रति विभिन्न क्षेत्रबाट प्रश्न उठ्न थालेका छन्। धेरैले यसलाई पूर्ण तथ्यभन्दा धारणा र अपूर्ण जानकारीमा आधारित प्रतिवेदनका रूपमा व्याख्या गरेका छन्। पूर्व महालेखापरीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा बनेको समितिको मुख्य जिम्मेवारी एनसेलको सेयर कारोबारमा प्रचलित कानुन पालना भएको छ वा छैन भन्ने अध्ययन गर्नु र त्यसको प्रभाव मूल्याङ्कन गर्नु थियो।…
Read More
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका छन्। उनी सामाजिक चिन्तक तथा प्रखर बौद्धिक नेता स्वर्गीय प्रदीप गिरीका सुपुत्र हुन्। उम्मेदवारी दर्तापछि लहानमा पत्रकारहरूसँग कुरा गर्दै गिरीले आफू मन्त्री बन्ने उद्देश्यले राजनीतिमा नआएको स्पष्ट पारे। “मलाई मन्त्री बन्नु छैन। राजनीतिले के हो भन्ने बुझाउन र यसलाई सुधार गर्ने उद्देश्यले उम्मेदवारी दिएको हुँ,” उनले भने। उनले एमाले, कांग्रेस, माओवादी र जसपाका केही नेताहरूले राजनीतिलाई कमाउने माध्यम र व्यापारको रूपमा प्रयोग गरेको देख्दा दुःख लागेको पनि बताए। उनले राजनीति व्यापार नभई सेवा र साधनाको मार्ग भएको उल्लेख गर्दै जनतासँग…
Read More
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सडक खण्डमा क.प्र. ०२–००१ च १३२७ नम्बरको जिप शुक्रबार बिहान करिब ११ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । छेडागाड नगरपालिका–९ पजारुबाट थलहतर्फ जाँदै गरेको जिप ब्रेक फेल भई सडकबाट करिब १५० मिटर तल खसेपछि दुर्घटना भएको हो । जिपमा चालकसहित ६ जना सवार थिए । दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने घाइतेहरूलाई उद्धार गरी उपचारका लागि नगर अस्पताल बडाबन पठाइएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा छेडागाड नगरपालिका–९ पजारुकी ७० वर्षीया नन्दकला अधिकारी र सोही स्थानका २८ वर्षीय…
Read More
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावकारी उपस्थिति रहने दाबी गरेका छन् । शुक्रबार आफ्नो मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खरेलले यस्तो अनुमान व्यक्त गरेका हुन् । फागुन २१ गते निर्वाचन हुने उल्लेख गर्दै उनले भने, “चुनावपछि एउटा कुरा स्पष्ट हुन्छ—अहिले सबै दलले युवाहरूका लागि कोटा तोकेका छन् । यही नै आशाको विषय हो । म आधारहीन कुरा गरिरहेको छैन । यसपटक संसद् वा सरकार जुनसुकै पार्टीबाट बने पनि युवाहरूको वर्चश्व रहने निश्चित छ ।” मन्त्री खरेलले तोकिएको मितिमै निर्वाचन सम्पन्न हुने र त्यसपछि…
Read More
सुत्केरीको मृत्युपछि कानुनी कारबाहीको माग, शव तीन दिनदेखि अस्पतालमै

सुत्केरीको मृत्युपछि कानुनी कारबाहीको माग, शव तीन दिनदेखि अस्पतालमै

२५ पुस, काठमाडौं — सेती प्रादेशिक अस्पतालमा शल्यक्रियाबाट शिशु जन्माएपछि मृत्यु भएकी एक महिलाको शव तीन दिनदेखि उठाइएको छैन। गोदावरी नगरपालिका–८ की ३३ वर्षीया राधिका नेपालीको बुधबार साँझ करिब ५ बजे उपचारका क्रममा मृत्यु भएको थियो, तर उनको शव हालसम्म अस्पतालबाट नउठाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार नेपालीको शव सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ। राधिकाको मृत्युको विषयमा पीडित परिवार र अस्पताल प्रशासनबीच छलफल जारी रहे पनि सहमति नजुटेकाले शव नउठाइएको उनले बताए। शल्यक्रियामार्फत नवजात शिशु (छोरी) जन्माएपछि सुत्केरी राधिकाको स्वास्थ्य अवस्था जटिल बनेको थियो। पुस २३ गते दिउँसो शिशु…
Read More
पार्टी फुट्ने अवस्था आए अधिवेशन हल छाड्छु : विश्वप्रकाश शर्मा

पार्टी फुट्ने अवस्था आए अधिवेशन हल छाड्छु : विश्वप्रकाश शर्मा

२४ पुस, काठमाडौं — कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुस २७ र २८ गते काठमाडौंमा हुने दोस्रो विशेष महाधिवेशन पार्टी विभाजनका लागि नभई समयअनुसार पार्टीलाई पुनः ऊर्जावान बनाउँदै स्पष्ट दिशा दिन आयोजना गरिएको बताएका छन्। सामाजिक सञ्जालमार्फत् धारणा सार्वजनिक गर्दै शर्माले विशेष महाधिवेशन पूर्ण रूपमा वैधानिक, बाध्यकारी र वर्तमान परिस्थितिको आवश्यकता भएको उल्लेख गरेका छन्। विशेष महाधिवेशनको घोषणा भएसँगै पार्टीभित्र र बाहिर उठेका आशंकाप्रति प्रतिक्रिया दिँदै उनले यसले पार्टी फुटाउने होइन भन्ने स्पष्ट पारेका छन्। “विशेष महाधिवेशन हुन्छ, तर पार्टी विभाजित हुँदैन,” भन्दै शर्माले पार्टी विभाजनको अवस्था आए आफू सबैभन्दा पहिले अधिवेशन हलबाट बाहिर निस्केर पार्टी जोगाउन सबैसँगै उभिने बताएका छन्।…
Read More
झण्डै १ लाख ३४ हजार निर्वाचन प्रहरीका लागिभर्ना खुल्यो

झण्डै १ लाख ३४ हजार निर्वाचन प्रहरीका लागिभर्ना खुल्यो

२४ पुस, , काठमाडौं —  झण्डै एक लाख ३४ हजार निर्वाचन प्रहरी भर्नाका लागि आवेदन खुला गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले बिहीबार निर्वाचन प्रहरी भर्ना सम्बन्धी आवेदन आह्वान गरेको हो । यस पटक नेपाल प्रहरीले कुल १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ती गर्नेछ । इच्छुक उम्मेदवारले शुक्रबारदेखि माघ १ गतेसम्म आवेदन दिन सक्नेछन् । सार्वजनिक बिदाका दिनहरूमा पनि आवेदन स्वीकार गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।आवेदन जिल्ला प्रहरी परिसर काठमाडौं, ललितपुर, भक्तपुर तथा सबै जिल्ला प्रहरी कार्यालयबाट फारम लिएर बुझाउन सकिनेछ । निर्वाचन प्रहरीका लागि आवेदन दिने उम्मेदवार फारम दर्ता गर्ने…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search