Skip to main content

Epost Nepal

कांग्रेस–एमाले समीकरणको सरकारमा सहभागी नहुने रास्वपाको निर्णय

१८ असार, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कांग्रेस–एमाले समीकरणको सरकारमा सहभागी नहुने भएको छ ।

मंगलबार बिहान सिंहदबारमा बसेको सचिवालय बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक सन्तोष परियारले नयाँ सरकारमा पार्टी सहभागी नहुने बताए ।

“अब बन्ने गठबन्धनमा हामी रहँदैनौँ । सरकारमा जाँदैनौँ,” उनले भने ।

अर्को सरकारको प्रक्रिया अघि बढाइएपछि आफूहरू मन्त्रिपरिषद्‌बाट बाहिरिने उनले बताए । “अहिले केही अनुमान र आधिकारिक प्रक्रिया अघि नबढेको हुँदा सरकार अर्को बन्ने प्रक्रिया अघि बढेपछि हामी स्वाभाविक रूपमा बाहिरिन्छौँ,” परियारले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *