Skip to main content

Epost Nepal

गृह मन्त्रालयले गर्‍यो एन-प्याब्सन निलम्बन

१३ कात्तिक, काठमाडौं — गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) लाई निलम्बन गरेको छ।

मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि संस्थालाई निलम्बन गरिएको जनाएको हो।

मन्त्रालयका अनुसार एन-प्याब्सनले मन्त्रालयले दिएका निर्देशन पटक–पटक पालना नगरेको तथा संस्थाका पदाधिकारीहरूले सरकारबाट स्वीकृत विधान र संगठनको मूल उद्देश्यविपरीत गतिविधि गरेको आरोप छ।

मन्त्रालयले असोज २३ गते सरोकारवालासँग छलफल गरी गत मंसिर १२ गते दिइएको निर्देशनअनुसार काम गर्न आग्रह गरेको थियो। तर, उक्त निर्देशन कार्यान्वयन नभएको भन्दै मन्त्रालयले संस्थालाई निलम्बन गर्ने निर्णय गरेको हो।

निलम्बनसम्बन्धी सूचना जारी भएसँगै संस्थाको नाममा कुनै पनि समूह वा गुटले गतिविधि गरेमा त्यस्ता कार्य गैरकानुनी हुने र संलग्नमाथि कारबाही गरिने चेतावनीसमेत मन्त्रालयले दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *