Epost Nepal

विवादपछि महान्यायाधिवक्ता भण्डारी, ट्रान्सपरेन्सी इन्टरनेशनलबाट निलम्बित

२८ मंसिर, काठमाडौं — ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले महान्यायाधिवक्ता सबिता भण्डारी बराललाई साधारण सदस्यबाट निलम्बन गरेको छ।

उनी सार्वजनिक पदमा पुगेपछि विभिन्न विवादमा जोडिएपछि ट्रान्सपरेन्सीको कार्यसमितिले यस्तो निर्णय गरेको हो। कार्यसमितिका एक सदस्यले भने, ‘हाम्रो संस्थाका आफ्नै मूल्यमान्यता र विश्वास छन्। कतिपय अवस्थामा संस्था र त्यसका पदाधिकारीहरूमाथि सार्वजनिक रूपमा प्रश्न उठेपछि त्यसको सम्बोधन हुनुपर्छ भन्ने हाम्रो धारणा हो। त्यसैले अहिलेलाई अस्थायी रूपमा उहाँबारे यस्तो निर्णय लिएका हौं।’

उनका अनुसार विवाद सुरु भएदेखि नै भण्डारी बराललाई राजीनामा दिएर सहजीकरण गर्न सुझाव दिइएको थियो, तर उनले त्यसलाई अस्वीकार गरेकी थिइन्।

तर विषयवस्तु स्पष्ट भएमा निलम्बनबारे पुनः विचार गर्न सकिने उनले बताए।

उनका अनुसार एकातिर सबिता भण्डारी बराल सार्वजनिक पदमा पुगेकी थिइन् भने अर्कोतर्फ उनले नै गर्नुपर्ने निर्णयका विषयमा सार्वजनिक वृत्तमा प्रश्न उठेपछि यो निर्णय गरिएको हो।

विश्वव्यापी रूपमा भ्रष्टाचारको अनुगमन गर्ने र भ्रष्टाचारविरुद्ध वकालत गर्ने संस्थाका रूपमा ट्रान्सपरेन्सी इन्टरनेशनल सक्रिय छ। यसको नेपाल च्याप्टरका रूपमा टीआई नेपाल काम गर्दै आएको छ। वरिष्ठ अधिवक्ता समेत रहेकी सबिता भण्डारी बराल टीआई नेपालको साधारण सदस्य हुन् र यसअघि पटक–पटक कार्यसमितिमा पनि निर्वाचित भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search