२८ मंसिर, काठमाडौं — नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले आफू ७० वर्ष पुगेको भन्दै पार्टीको महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरेका छन्।
भृकुटीमण्डपमा आज बसेको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले अब चुनाव नलड्ने स्पष्ट पारेका हुन्।
‘म ७० वर्ष पुगेँ, अब फेरि चुनाव उठ्दिनँ,’ उनले भने। उनले एमालेमा ७० वर्षे उमेरहद लागू हुनुपर्ने पक्षमा पनि आफ्नो धारणा राखेका छन्।
यद्यपि उनले आफू एमालेमै सक्रिय रहने बताएका छन्।