३० भदौ, काठमाडौं - पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोल र डिजेलको मूल्य घटाएको हो । इण्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार आयल निगमले आजै राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो । निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँले घटाएको छ । यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १५९ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य १४९ रुपैयाँ कायम भएको छ ।
३० भदौ, काठमाडौं - सरकारले संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भदौ ३१ गते सोमबार राति १२ बजेदेखि संसदको चालू अधिवेशन अन्त्य गर्नेगरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने र अन्त्य गर्ने व्यवस्था छ । चालु बजेट अधिवेशन वैशाख २८ देखि सुरु भएको हो ।
३० भदौ, काठमाडौं - सरकारले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिसमा मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । यसअघि, आजै उपनिर्वाचनको मिति तोक्नेबारे निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेको थियो । हाल जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, वडाध्यक्ष १० तथा नगरपालिकाका मेयर १, उपमेयर १ र वडाध्यक्ष २१ गरी ४१ सिट रिक्त छन् ।
३० भदौ, काठमाडौं - मन्त्रिपरिषद्ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ८ बुँदे प्रस्ताव स्वीकृत गरेसँगै स्वास्थ्य क्षेत्रमा सयौंको संख्यामा रहेका कर्मचारीको समस्या सम्बोधन हुने भएको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले कर्मचारी समायोजन ऐन २०७५ को दफा २८ अनुसार स्वास्थ्यकर्मी व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ८ बुँदे प्रस्ताव तयार गरी मन्त्रिपरिषद्मा लगेका थिए । उक्त प्रस्तावलाई आइतबार मन्त्रिपरिषद्ले पारित गर्दै संघ, प्रदेश र स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीको समायोजनसम्बन्धी प्रक्रिया अघि बढाउन अनुमति प्रदान गरेको हो । समायोजनको क्रममा फाजिलमा रहेका, दरबन्दी नभएका तहमा समायोजन भएका तथा दरबन्दीभन्दा बढी समायोजन भएका स्वास्थ्यकर्मीहरूलाई यस आर्थिक वर्षभित्रै सम्बन्धित प्रदेश वा स्थानीय तहको रिक्त दरबन्दीमा समायोजन गरिने भएको…
३० भदौ, झापा - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी सरकारमा जाने र नयाँ समीकरण बनाउने पक्षमा नरहेको बताएका छन् । माओवादी केन्द्र झापाले आइतबार बिर्तामोडमा गरेको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उनले भने 'नेकपा माओवादी केन्द्र अब जनतासँग जाने र जनतालाई सङ्गठित गर्दै अघि बढ्ने काममा लाग्छ । सत्ताको खेलमा लाग्दैन,' । उनले नेकपा (एमाले) र नेपाली कांग्रेससहितको सरकार अगाडि बढ्ने र फेरि आफूहरूसँग मिल्न नआइदिए हुन्थ्यो भन्ने लागेको धारणा राखे । उनले गलत विचार र प्रवृत्तिविरुद्ध झापाबाटै पुनः विद्रोह सुरु हुन सक्ने चेतावनी दिए। २०२८ सालको 'झापा बिद्रोह' को स्मरण गरेका दाहालले त्यही आन्दोलनबाट उठेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध…
३० भदौ, काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चीन सरकारले नेपाली राजनीतिक दलप्रतिको आफ्नो नीति स्पष्ट बनाउन नसकेको बताएका छन् । आइतबार काठमाडौंमा सुधीर शर्माका दुई पुस्तक ‘हिमालपारिको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’को विमोचन कार्यक्रममा सम्बोधन गर्दै मन्त्रीमन्त्री थापाले यस्तो बताएका हुन् । उनले चीन सरकारले एकातिर सबै नेपालका दलहरु चीनसँग समान सम्बन्ध राख्नुपर्छ भन्ने र अर्कोतिर वामपन्थीहरु मिल्नुपर्छ भन्दै हिँड्ने गरेको बताए । महामन्त्री थापाले आफूले कांग्रेसको कार्यकर्ता भएर हेर्दा चीनको सो नीति बुझ्न नसकेको बताए । उनले नेपाललाई चीनले बुझ्न नसकेको र नेपालले पनि चीनलाई बुझ्न नसकेको कुरा शर्माको पुस्तक पढेपछि स्पष्ट हुने बताए । उनले भने, ‘म नेपाली कांग्रेसको कार्यकर्ता, चीनको सरकारले…