Epost Nepal

Day: २०८१ असार १७, सोमबार

कांग्रेस र एमालेबीच सत्ता गठबन्धन गर्ने सहमति

कांग्रेस र एमालेबीच सत्ता गठबन्धन गर्ने सहमति

१७ असार, काठमाडौं - संसदका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता गठबन्धन गर्ने सहमति भएको छ । सहमति अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पहिलो चरणमा नयाँ सरकार गठन हुने छ । संविधान संशोधनलाई प्रमुख एजेन्डा बनाएर गठबन्धन गर्न लागिएको हो । दुई दलको सरकार बनेपछि निर्वाचन प्रणालीमा सुधार गर्ने लगायतका विषयमा संविधान संशोधन गर्ने सहमति भएको कांग्रेसका एक नेताले जानकारी दिए । ती नेताका अनुसार आजै राति सहमतिमा हस्ताक्षर हुने सम्भावना छ । त्यस्तै, संविधानमा आवश्यक संशोधन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा 'संविधान संशोधन सुझाव समिति' बनाउने सम्भावना पनि रहेको छ।
Read More
बाल यौन दुरूपयोग गरेको भन्दै रामबहादुर बमजनलाई १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला

बाल यौन दुरूपयोग गरेको भन्दै रामबहादुर बमजनलाई १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला

१७ असार, सर्लाही - आफूलाई तपश्वी दाबी गर्ने रामबहादुर बमजनले बाल यौन दुरूपयोग गरेको भन्दै अदालतले १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको छ । जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवन कुमार भण्डारीकाे इजलासले साेमबार अभियुक्त बम्जन विरुद्ध त्यस्ताे फैसला गरेको हो । यस अघि गत असार १० गते भण्डारीकै इजलासले तपस्वी बम्जनलाई कसुरदार ठहर गरेकाे थियाे । आजकाे इजलासले पूर्ण फैसला गरेकाे हाे । अभियुक्त बम्जन विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मलंगवाले भने १२ देखि १४ वर्ष सम्म कैद सजाय एवं पीडित परिवारलाई क्षतिपूर्तिको समेत मागदाबीसहित अभियोग पत्र दायर गरेको थियाे । सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले…
Read More
बीआरआई परियोजनालाई ऋणका रुपमा स्वीकार गर्न नसकिने कांग्रेसको निष्कर्ष

बीआरआई परियोजनालाई ऋणका रुपमा स्वीकार गर्न नसकिने कांग्रेसको निष्कर्ष

१७ असार, काठमाडौं - नेपाली कांग्रेसले चीन सरकारले अघि सारेको बीआरआई परियोजनालाई ऋणका रुपमा स्वीकार गर्न नसकिने निष्कर्ष निकालेको छ । सोमबार बसेको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले बीआरआईलाई 'सहयोग वा अनुदान'को रुपमा स्वीकार गर्न सकिने, तर ऋणकारुपमा स्वीकार गर्न नसकिने निष्कर्ष निकालेको हो । बैठकपछि प्रवक्ता प्रकाशशरण महतले बैठकले बीआरआई परियोजनालाई ऋणका रुपमा स्वीकार गर्न नसकिने विषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको बताए । 'हामी पहिल्यैदेखि ऋणमा छौँ । फेरि अहिले अनुदान र सहयोगमा प्राप्त परियोजनाहरु समेत पूरा गर्न नसकिएको अवस्था छ । यस्तो बेलामा थप ऋण लिएर विकास निर्माणको काम अगाडि बढाउन सकिन्नँ । अनुदान सहयोगकै उपयोग हुन नसकिरहेको अवस्थामा हामीले ऋण लिनु…
Read More
सरकार परिवर्तन हुनेकुरा हल्ला मात्रै हो : उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने

सरकार परिवर्तन हुनेकुरा हल्ला मात्रै हो : उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने

१७ असार, काठमाडौं - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकार परिवर्तन हुनेकुरा हल्ला मात्रै भएको बताएका छन् । सोमवार नयाँ बानेश्वरस्थित संघीय संसद भवन बाहिर पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले सत्ता समीकरण फेरबदल हुन लागेकोबारे आफूलाई कुनै जानकारी नभएको बताए । ‘हल्ला मात्रै हो । त्यस्तो थाहा छैन । म पनि सरकारमै छु । सरकार गठबन्धनको एउटा पार्टनर नै हुँ । त्यस्तो केही पनि छैन । मेरो भर्खरै दुईजना नेतासँग कुरा पनि भयो । कहिलेकाही विभिन्न प्रक्रियाहरुमा केही असमझदारी हुँदाखेरी भेटघाट गर्ने कुरा भइरहन्छ । सामान्य भेटघाट नै हो । यसलाई कुनै त्यस्तो गम्भीरतापूर्वक लिनुपर्ने केही पनि छैन’ गृहमन्त्री लामिछानेले भने । गृहमन्त्री लामिछानेले शीर्ष नेताहरु बीचको भेटघाट समान्य भेटघाटको…
Read More
उन्मुक्ति पार्टीले संसदीय दलको नेताबाट हटायो रन्जिता श्रेष्ठलाई

उन्मुक्ति पार्टीले संसदीय दलको नेताबाट हटायो रन्जिता श्रेष्ठलाई

१७ असार, काठमाडौं - नागरिक उन्मुक्ति पार्टीले संसदीय दलको नेताबाट रन्जिता श्रेष्ठलाई हटाएको छ । आइतबार बसेको पार्टीको संसदीय दलको सचिवालय बैठकले बहुमत सदस्यको उपस्थितिमा श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएको हो । बैठकले गंगाराम चौधरी डगौंरालाई संसदीय दलको नेताको जिम्मेवारी दिएको छ । प्रमुख सचेतक लालवीर चौधरीलाई बनाइएको छ । रञ्जितालाई दलको नेताबाट हटाउने निर्णयमा गंगाराम चौधरी डगौरा, अरूणकुमार चौधरी र लालवीर चौधरीले हस्ताक्षर गरेका छन् ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search