Epost Nepal

Day: २०८१ जेष्ठ २६, शनिबार

दक्षिणपन्थी शक्तिहरूको पाउमा जसरी सरकार बुझाईयो, एमाले पनि बुझाई सक्या हुन्थ्यो: केपी शर्मा ओली

दक्षिणपन्थी शक्तिहरूको पाउमा जसरी सरकार बुझाईयो, एमाले पनि बुझाई सक्या हुन्थ्यो: केपी शर्मा ओली

२६ जेठ, काठमाडौं - सत्तारुढ प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्यतिबेला प्रतिनिधि सभा विघटन नगरेको भए अहिले एमाले भन्नै नपाउने अवस्था आउने बताएका छन् । एमाले काठमाडौं जिल्ला कमिटीले शनिबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले पार्टीभित्रैबाट आफू नेतृत्वको सरकार ढाल्न र पार्टी भित्रैबाट विपक्षलाई प्रधानमन्त्री बनाउन कुद्ने काम भएपछि प्रतिनिधिसभा विघटन गरेर एमालेलाई बचाउने काम गरेको दाबी गरेका हुन् । ‘कतिपय मान्छेहरूले कहिल्यै पनि कुरा नबुझ्ने प्रवृत्ति देख्दाखेरी म छक्क पर्छु । पुस ५ गते अरु सबै ठिकै थियो । पुस ६ गते संसद् चाहीँ भंग नगरेको भए हुन्थ्यो । संसद् भंग किन गर्नुपर्‍यो ? त्यो हाम्रो रहर थियो ? सबभन्दा प्रमुख पार्टी हामी…
Read More
२०८४ साल सम्म कांग्रेस अब सरकार बनाउन र गिराउन लाग्दैन: गगनकुमार थापा

२०८४ साल सम्म कांग्रेस अब सरकार बनाउन र गिराउन लाग्दैन: गगनकुमार थापा

२६ जेठ, काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विसं. २०८४ सालसम्म नेपाली कांग्रेस प्रतिपक्षको भूमिकामा रहने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । थापाले कांग्रेसले चुनावमा गरेको प्रतिबद्धताअनुसार सरकारमै रहनुपर्ने भएपनि सरकारमा रहेका केही राजनीतिक दलहरुले प्रतिबद्धता बिर्सिंदा कांग्रेस प्रतिपक्षमा पुगेको जनाए । उनले कांग्रेसले अब ०८४ सम्म अब सरकार बनाउन, सरकार गिराउन कतै आँखा पनि नलगाउने र हात नलम्ब्याउने पनि नगर्ने बताए । उनले भने, ‘अहिले हामी प्रतिपक्षमा आएका छौँ । हाम्रो चाहनाले होइन । परिस्थितिले हामीलाई प्रतिपक्षमा ल्याएको छ । यो सन्दर्भमा हाम्रो पार्टीको केन्द्रिय समितिको बैठक बस्छ, केही दिनमा ।…
Read More
नैतिकताको बोध नगरिने राजनीतिको अभ्यास नेपालमा गम्भीर विषय बनेको छ : प्रदीप पौडेल

नैतिकताको बोध नगरिने राजनीतिको अभ्यास नेपालमा गम्भीर विषय बनेको छ : प्रदीप पौडेल

२६ जेठ, काठमाडौं - नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले संसदीय छानबिन समिति गठन गरिसकेपछि पनि नैतिकताको बोध नगरिने राजनीतिको अभ्यास नेपालमा गम्भीर विषय बनेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् । उनले सहकारी विषयमा छानबिन समिति बनिसकेपछि पनि उपप्रधान एवं गृहमन्त्रीकै पदमा रहीरहनु ‘नांगो भइसकेपछि पनि आफूलाई कपडा लगाएको ठान्नु’ रहेको टिप्पणी गरे । उनले छानबिन समिति बनाउँदा पनि राजीनामा दिनुपर्दैन भनेपछि मात्रै संसदीय छानबिन समिति बनेको जिकिर गरे । उनले नेपाली कांग्रेसले संसदमा सहकारीको मुद्दा नउठाएको भए ७३ लाख जनता…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search