Epost Nepal

Day: २०८१ जेष्ठ ११, शुक्रबार

प्रधानमन्त्रीसँग कांग्रेसले माग्यो गृहमन्त्रीले सदनमा बोलेका कुराको जवाफ

प्रधानमन्त्रीसँग कांग्रेसले माग्यो गृहमन्त्रीले सदनमा बोलेका कुराको जवाफ

११ जेठ, काठमाडौं - नेपाली कांग्रेसले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको विषयमा प्रधानमन्त्रीसँग जवाफ मागेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष दलहरुको बैठकमा कांग्रेस नेताहरुले सिरोहियामाथि गरिएको धरपकडका विषयमा प्रधानमन्त्रीसँग प्रश्न उठाएका थिए । त्यस्तै, केही दिनअघि प्रतिनिधिसभाको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेस सांसदहरुलाई लाञ्छना लगाउँदै दिएका अभिव्यक्तिका बारेमा समेत प्रधानमन्त्रीसँग जवाफ मागेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । 'कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जुन ढंगले धरपकड गरियो, किन त्यस्तो भयो ? त्यसमा हाम्रो गम्भीररुपले चासो छ, यसमा सरकारले जवाफ दिनुपर्छ भनेर कुरा उठायौँ,' बैठकपछि लेखकले भने, 'त्यस्तै, केही दिन पहिले गृहमन्त्रीजीले प्रतिनिधिसभाको…
Read More
कार्यसूचीमै प्रवेश नगरी शुक्रबारको प्रतिनिधि सभा बैठक स्थगित

कार्यसूचीमै प्रवेश नगरी शुक्रबारको प्रतिनिधि सभा बैठक स्थगित

११ जेठ, काठमाडौं - कार्यसूचीमै प्रवेश नगरी शुक्रबारको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोधपछि सभामुख देवराज घिमिरेले आजको बैठक स्थगित गरेका हुन् । सभामुख घिमिरेले अर्को बैठक जेठ १३ गते आइतबार बिहान ११ बजेका लागि बोलाएका छन् । शुक्रबार कार्यसूचीमा प्रवेश नगर्दै कांग्रेस सांसदहरूले उठेर विरोध गरिरहे । सभामुख घिमिरेले आफूले सांसदहरूलाई बोल्न दिएन भनेर दलहरूले प्रचार गरेको भन्दै आपत्तिसमेत जनाए । उनले सरकारको नीति तथा कार्यक्रम पारित गर्नुपर्ने भएकाले पनि सदन चलाउन सहयोग गर्न प्रतिपक्षी दललाई अनुरोध गरेका थिए । शुक्रबार नीति तथा कार्यक्रममाथि छलफल र छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूचीसमेत थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले…
Read More
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: सदनको गतिरोधबारे छलफल

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: सदनको गतिरोधबारे छलफल

११ जेठ, काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ । राष्ट्रपति पौडेलले प्रधानमन्त्री दाहाललाई बोलाएर छलफल गरेका हुन् । राष्ट्रपति पौडेलले प्रधानमन्त्री दाहालसँग सदनको गतिरोधबारे चिन्ता प्रकट गरेका छन् । ‘राष्ट्रपतिज्यूले प्रधानमन्त्रीज्यूलाई शितल निवासमा बोलाएर कुराकानी गर्नुभएको हो,’ स्रोतले भन्यो, ‘सदनमा जारी गतिरोध अन्त्य गर्न पहल गर्नुहोस् भन्ने कुरा राष्ट्रपतिज्यूको थियो।’ जबाफमा प्रधानमन्त्री दाहालले गतिरोध अन्त्यका लागि पहल भइरहेको बताएका थिए। ‘हामी समस्या समाधानका पक्षमा छौं, सदनमा जारी गतिरोध अन्त्यका लागि पहल भइरहेको छ,’ प्रधानमन्त्री दाहालको भनाइ थियो।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search