Epost Nepal

Day: २०८१ जेष्ठ ७, सोमबार

सहकारी ठगीमा गृहमन्त्रीको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै राँके जुलुस

सहकारी ठगीमा गृहमन्त्रीको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै राँके जुलुस

७ जेठ, काठमाडौं  - नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठन हुनुपर्ने माग गर्दै राँके जुलुस निकालेको छ । सोमबार साँझ काठमाडौंको बत्तीसपुतलीमा राँके जुलुस निकाल्दै गृहमन्त्री लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति गठन हुनुपर्ने, गिरीबन्धु चिया बगानको जग्गा सट्टापट्टाको विषय छानबिन हुनुपर्ने लगायत माग गरेका हुन् । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री र पदम अर्याल भूमि व्यवस्था मन्त्री भएका बखत ऐन नै संशोधन गरेर गिरीबन्धु चिया बगानलाई प्लटिङ गर्ने इजाजत दिएको भन्दै युवा तथा विद्यार्थीहरूले प्रदर्शन गर्दै आएका छन् । गिरीबन्धु चिया बगानको जग्गा किनबेचमा ठूलो गिरोह सक्रिय…
Read More
सभामुखको पदीय गरिमा अनुसार भूमिका भएन: कांग्रेस

सभामुखको पदीय गरिमा अनुसार भूमिका भएन: कांग्रेस

७ जेठ, काठमाडौं  - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले पदीय गरिमा अनुसार भूमिका निर्वाह नगरेको आरोप लगाएको छ । कांग्रेसको अवरोधमाबीच  घिमिरेले प्रधानमन्त्रीले सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिने प्रक्रिया अघि बढाएपछि  कांग्रेसले आपत्ति जनाएको हो । 'सभामुखको पदीय गरिमा अनुसार भूमिका भएन । सभामुख पदमा आसिन व्यक्तिले त्यो गरिमा राख्नुपर्छ ।कुनै पार्टी विशेषको जस्तो रुपमा प्रस्तुत हुन हुँदैन' कांग्रेस संसदीय दलको बैठकपछि पत्रकार सम्मेलनमा प्रमुख सचेतक रमेश लेखकले भने,'सभामुखलाई मर्यादित भूमिका कायम गर्न हामीले ध्यानाकर्षण गराएका छौं ।' प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि अझ समय बाँकी हुँदाहुँदै अवरोधकाबीच सोमबारै विश्वासको मत लिने जबर्जस्ती गरिएको कांग्रेसको धारणा छ । 'नेपालवको…
Read More
प्रधानमन्त्री पुष्पकमल दाहालले चौथो पटक पाए विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहालले चौथो पटक पाए विश्वासको मत

७ जेठ, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले चौथो पटक विश्वासको मत पाएका छन् । तेस्रो कार्यकालमै प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत लिएका हुन् । सोमबार प्रधानमन्त्री दाहालले कांग्रेसको अवरोधका बीचमा विश्वासको मत लिएका हुन् । प्रधानमन्त्री दाहालको पक्षमा १५७ मत पाए । त्यस्तै प्रधानमन्त्री दाहाललाई मत दिन्न भन्नेमा १ मत परेको सभामुख देवराज घिमिरले सदनलाई जानकारी दिएका थिए । सोमबारको बैठकमा १५८ सांसद उपस्थित रहेको सभामुख घिमिरेले जानकारी दिए । प्रधानमन्त्री दाहालले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिएका हुन् । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको…
Read More
कोशी, मधेश र बाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

कोशी, मधेश र बाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

७ जेठ, काठमाडौं - काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा बर्षा भइरहेको छ । आज कोशी, मधेश र बाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै  स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावा हुरीसहित हल्का बर्षा भइरहेको छ । नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । सोमबार दिउँसो कोशी, बाग्मती, गण्डकी र कर्णालि प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search