Epost Nepal

Day: २०८१ बैशाख २८, शुक्रबार

गण्डकी प्रदेश सरकारलाई प्रदेशमा दीर्घकालीन असर पर्ने गरी कुनै पनि काम नगर्न सर्वोच्चको आदेश

गण्डकी प्रदेश सरकारलाई प्रदेशमा दीर्घकालीन असर पर्ने गरी कुनै पनि काम नगर्न सर्वोच्चको आदेश

२८ बैशाख, काठमाडौं  - सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारलाई प्रदेशमा दीर्घकालीन असर पर्ने गरी कुनै पनि काम नगर्न आदेश गरेको छ । शुक्रबार बसेको सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले गण्डकी प्रदेश सभा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट निवेदनमाथि सुनुवाई गर्दै अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारलाई मुद्दाको अन्तिम किनारा नलाग्दासम्म प्रदेशमा दीर्घकालीन असर पर्ने गरी कुनै पनि काम नगर्न अन्तरिम आदेश दिएको हो । अदालतले मुख्यमन्त्री अधिकारीले प्रदेशसभामा विश्वासको मत पाएको घोषणा हुँदा प्रयोग भएको धारा १८६ को प्रावधान एवम् संविधानको धारा १८८ को समेत बृहत् व्याख्या हुनुपर्ने र विश्वासको मत र अविश्वासको मत…
Read More
प्रतिनिधि सभाको बैठक जेठ १ गते बस्नेगरी स्थगित

प्रतिनिधि सभाको बैठक जेठ १ गते बस्नेगरी स्थगित

२८ बैशाख, काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक जेठ १ गते बस्नेगरी स्थगित भएको छ । प्रतिनिधिसभाको बजेट अधिवशेन सुरु भएकै दिन कांग्रेसले सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्न माग गरेर अवरोध गरेपछि बैठक स्थगित भएको हो । प्रतिनिधिसभाका दुइटा बैठक बसे । ती दुवै बैठकमा कांग्रेस सांसद्हरुले वेल घेराउ गर्दै नाराबाजी गरे । दोस्रो बैठकमा कांग्रेस सांसदहरूको नाराबाजीका बीचमा सभामुख देवराज घिमिरेले गृहमन्त्री लामिछानेलाई बोल्नका लागि समय दिएका थिए । तर लामिछाने कांग्रेसले घेरिरहेको वेल छिचोलेर रोस्ट्रममा बोल्न जान पाएनन् । त्यसपछि प्रतिनिधिसभाको बैठक जेठ १ सम्मका लागि स्थगित भएको हो ।
Read More
महान्यायाधिवक्ता त झुक्दा-झुक्दा लम्पसार नै परिसक्नुभएको छ: गगन थापा

महान्यायाधिवक्ता त झुक्दा-झुक्दा लम्पसार नै परिसक्नुभएको छ: गगन थापा

२८ बैशाख, काठमाडौं - नेपाली कांग्रेस सांसद तथा महामन्त्री गगन थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आफैँले फारम भरेर सहकारीबाट ऋण लिएको प्रमाण प्रहरीले नै संकलन गरेको भन्दै त्यतिका प्रमाणहरु हुँदासमेत अभियोजन नभएकोबारे प्रश्न गरेका छन् । शुक्रवार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै थापाले गृहमन्त्री लामिछाने अनुसन्धानबाट भाग्न खोजिरहेको बताए । 'यहाँ गृहमन्त्रीमाथि सहकारीको करोडौँ रुपैयाँ अपचलन गरेको आरोप लागेको छ । तर कुनै अभियोजन भएको छैन । अनुसन्धानसम्म पनि भएको छैन । प्रधानमन्त्री आफैँ संसद्‌मा उभिएर झुट बोल्नुभएको छ । के यहाँ गृहमन्त्रीले आफैँ फारम भरेर सहकारीबाट ऋण लिएको प्रमाण पेस गरौँ ?  कुन-कुन प्रमाणहरु पेस गरौँ ? यही…
Read More
सहकारीको बचत फिर्ता गर्नुको साटो सरकार संवैधानिक निकायलाई दुरूपयोग गर्नेतिर लागेको छ: कांग्रेस

सहकारीको बचत फिर्ता गर्नुको साटो सरकार संवैधानिक निकायलाई दुरूपयोग गर्नेतिर लागेको छ: कांग्रेस

२८ बैशाख, काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीमा नागरिकहरूले बचत गरेको रकम ठगी भएकोले संसदीय छानबिन समिति गठन गर्नुपर्ने निर्णय गरेको छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा शुक्रबार बिहान बसेको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठकले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएकोले संसदीय छानबिन समिति गठन गर्ने यसअघिकै निर्णय उचित ठहर गर्दै यसैलाई यथावत् राख्ने निर्णय गरेको हो । बैठकपछि प्रमुख सचेतक रमेश लेखकले सहकारीको बचत अपचलन, ठगी र हिनामिना अपराध गर्नेलाई सरकारले जोगाउन खोजेको आरोप लगाए। ‘सहकारीमा नागरिकहरूले गरेको बचत अपचलन, ठगी र हिनामिना अपराध गर्नेलाई जोगाउन सरकारले संवैधानिक निकाय दुरूपयोग गरेको छ,’ उनले भने,…
Read More
देशभर आंशिकदेखि साधारणतया बदली

देशभर आंशिकदेखि साधारणतया बदली

२८ बैशाख, काठमाडौं  - हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्का वर्षा भइरहेको जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी क्षेत्रमा बाँकी पहाडी भागका आंशिकदेखि साधारणतया बदली हुने तथा कोशी र वाग्मती  प्रदेशलगायत देशका केही स्थानमा मेघगर्जन एवं चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै मुलुकका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । आज राति कोशी प्रदेशलगायत…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search