Epost Nepal

सहकारीको बचत फिर्ता गर्नुको साटो सरकार संवैधानिक निकायलाई दुरूपयोग गर्नेतिर लागेको छ: कांग्रेस

२८ बैशाख, काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीमा नागरिकहरूले बचत गरेको रकम ठगी भएकोले संसदीय छानबिन समिति गठन गर्नुपर्ने निर्णय गरेको छ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा शुक्रबार बिहान बसेको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठकले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएकोले संसदीय छानबिन समिति गठन गर्ने यसअघिकै निर्णय उचित ठहर गर्दै यसैलाई यथावत् राख्ने निर्णय गरेको हो ।

बैठकपछि प्रमुख सचेतक रमेश लेखकले सहकारीको बचत अपचलन, ठगी र हिनामिना अपराध गर्नेलाई सरकारले जोगाउन खोजेको आरोप लगाए।

‘सहकारीमा नागरिकहरूले गरेको बचत अपचलन, ठगी र हिनामिना अपराध गर्नेलाई जोगाउन सरकारले संवैधानिक निकाय दुरूपयोग गरेको छ,’ उनले भने, ‘संसदीय छानबिन समिति गठनको हाम्रो माग उचित छ। पुन: संसदीय छानबिन समिति गठन गर्ने निर्णय भएको छ।’

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महान्याधिवक्ता कार्यालयले आफूमाथि सहकारी प्रकरणमा कहीँकतै अभियोजन नभएको पत्र दिएको बताएका थिए। यसतर्फ लक्षित गर्दै कांग्रेसले सरकारले संवैधानिक निकाय दुरूपयोग गरेको बताएको छ।

सहकारीमा लाखौं नागरिकले बचत गरेको रकम अपचलन भए पनि सरकार यस विषयमा गम्भीर नदेखिएको कांग्रेसको भनाइ छ। ‘सरकार संवेदनशील भएन, गैरजिम्मेवार भयो, सरकारलाई जिम्मेवार हुन हामीले आग्रह गरेका छौं,’ उनले भने, ‘सहकारीको बचत फिर्ता गर्नुको साटो सरकार संवैधानिक निकायलाई दुरूपयोग गर्नेतिर लागेको छ, जसले गर्दा सहकारीको बचत अपचलन अनुसन्धानको विषय नै अवरोध हुन पुगेको छ।’

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search