Epost Nepal

Day: २०८१ बैशाख ३, सोमबार

शैक्षिक प्राज्ञिक संस्थाहरूमा हस्तक्षेप नगर्ने संकल्प गर्न राजनीतिक दलहरुलाई नागरिक समाजका अगुवाहरूको अपिल

शैक्षिक प्राज्ञिक संस्थाहरूमा हस्तक्षेप नगर्ने संकल्प गर्न राजनीतिक दलहरुलाई नागरिक समाजका अगुवाहरूको अपिल

३ बैशाख , काठमाडौं - नागरिक समाजका अगुवाहरूले विश्वविद्यालयसहित शैक्षिक प्राज्ञिक संस्थाहरूमा हस्तक्षेप नगर्ने संकल्प गर्न राजनीतिक दलहरुलाई अपिल गरेका छन् । आज एक संयुक्त वक्तव्यमार्फत नागरिक समाजका ६७ जना अगुवाहरूले राजनीतिक दल र तिनको नेतृत्वबाट स्पष्ट भाषामा संयुक्तरूपमा तत्काल सार्वजनिक रूपमा उद्घोष गर्न र प्रतिबद्धताको पूर्ण पालना गर्न आग्रह गरेका हुन् । उनीहरुले सोमबारै प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाललाई समेत सो अपिल बुझाएका छन् । ‘समाजको बृहत्तर हितको लागि स्थापना हुने शैक्षिक तथा अन्य सार्वजनिक संस्थाहरु समाज र राज्यको हेरचाह एवं संरक्षणमा नै हुर्किने, मौलाउने र अपेक्षित भुमिका निर्वाह गर्न सक्षम हुनेहुन् । तर लोकतान्त्रिक प्रणालीमा ‘संरक्षण’ को नाममा संस्थाको स्वायत्तता र प्राज्ञिक स्वतन्त्रतामाथि गरिने…
Read More
कांग्रेसको भविष्यको निर्धारण यही उपनिर्वाचनले गर्ने छ : डा. शेखर कोइराला

कांग्रेसको भविष्यको निर्धारण यही उपनिर्वाचनले गर्ने छ : डा. शेखर कोइराला

३ बैशाख , काठमाडौं - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले इलाम–२ को उपनिर्वाचन प्रतिष्ठाको विषय बनेको बताएका छन् । प्रचारका लागि सोमबार इलाम पुगेका कोइरालाले पार्टी एक्लै निर्वाचन लड्न सक्षम छ भन्ने सन्देश दिनुपर्ने बताए । “कांग्रेस कमजोर भयो भन्ने कुरा बाहिर आइरहेको छ । यसले देशभित्र र बाहिरका लोकतन्त्र पक्षधरहरू चिन्तित छन् । सबैको मनोबल बढाउनु पर्ने छ । हाम्रा लागि यो उपनिर्वाचन प्रतिष्ठाको बिषय भएको छ । जित्नैपर्छ,” कोइरालाले भने । कांग्रेसको भविष्यको निर्धारण यही उपनिर्वाचनले गर्ने उनले बताए । पार्टी भित्रका तिक्तता र आन्तरिक मनमुटाव बिर्सेर एक भई निर्वाचनमा जुट्न उनको आग्रह छ । आकांक्षी जतिजना…
Read More
नागढुंगा सुरूङमार्ग ‘ब्रेक–थ्रु’: नेपाललाई सुरूङको नयाँ युगमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेको प्रधानमन्त्रीको भनाई

नागढुंगा सुरूङमार्ग ‘ब्रेक–थ्रु’: नेपाललाई सुरूङको नयाँ युगमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेको प्रधानमन्त्रीको भनाई

३ बैशाख , काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नागढुंगा सुरूङले नेपाललाई सुरूङको नयाँ युगमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् । नागढुंगा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक–थ्रु’ भएको अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पूर्वाधारको क्षेत्रमा सुरुङमार्ग निर्माण महत्त्वपूर्ण उपलब्धि भएको बताए । 'सडक सञ्जालको माध्यमबाट अन्तरआबद्धता विस्तार गरी आवागमनमा सहजता, यातायात लागतमा न्यूनता, भौगोलिक तथा जनसांख्यिक सन्निकटता र प्रादेशिक सन्तुलन कायम गर्ने गरी सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्यमा यस्ता सुरूङमार्ग निर्माणले ठूलो भूमिका खेल्नेछ,' प्रधानमन्त्री दाहालले भने । उनले सुरूङ निर्माणपश्चात् सुरूङमार्गले उपत्यकाबाट बाहिरिने सडकको अवस्था सुधार गरी यात्राको समय र यातायात सञ्चालन खर्च…
Read More
संसद्को हिउँदे अधिवेशन अन्त्य: कांग्रेसले संसदीय छानबिन समितिको माग आगामी अधिवेशनमा पनि उठाउँने

संसद्को हिउँदे अधिवेशन अन्त्य: कांग्रेसले संसदीय छानबिन समितिको माग आगामी अधिवेशनमा पनि उठाउँने

३ बैशाख , काठमाडौं - सरकारले संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य गरेको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारी बचत अपचलनमा संसदीय छानबिन समिति माग गरिरहेका बेला अधिवेशन अन्त्य गर्नुलाई कांग्रेसले आपत्ति जनाएको छ । संसदीय समिति गठनको माग छल्न सरकारले संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेको कांग्रेस संसदीय दलको आइतबारको बैठकले निष्कर्ष निकालेको छ । अप्रत्याशित रूपमा संसद् बन्द गरेर सरकार संसदीय समिति गठनको मागबाट भागेको आरोप लगाउँदै कांग्रेसले उक्त मागालाई आगामी अधिवेशनको सुरुआतदेखि पुनः चर्काउने घोषणासमेत गरेको छ । कांग्रेस बैठकका निर्णय सुनाउँदै प्रमुख सचेतक रमेश लेखकले भने, ‘सरकारमा रहेका बहालवालामन्त्री समेत संलग्न रहेको हुँदा स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिनको सुनिश्चितताका निम्ति संसदीय…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search