Epost Nepal

कोशी प्रदेश सरकारले ल्यायो आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाखको बजेट

कोशी प्रदेश सरकारले ल्यायो आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाखको बजेट

कोशी प्रदेश सरकारले ल्यायो आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाखको बजेट

१ असार, विराटनगर - कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाखको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले शनिबार अघिल्लो बजेटभन्दा करिब एक अर्ब घटीको बजेट सार्वजनिक गरेका हुन् । प्रदेश सरकारले आगामी वर्षका लागि चालुतर्फ १४ अर्ब ४७ कराेड ३० लाख र पुँजीगत तर्फ १६ अर्ब २० कराेड र वित्तीय व्यवस्थातर्फ ४ अर्ब ५८ कराेडकाे बजेट विनियोजन गरेको छ । बजेटकाे स्राेततर्फ आन्तरिक आम्दानी ४ अर्ब ९८ कराेड अनुमान गरिएको छ भने बाँकी रकम संघीय सरकारको अनुदान हो । बजेटमा कृषि, उद्योग, सेवा क्षेत्र, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, पर्यटन…
Read More
सरकारले विकासका काममा आवश्यक ध्यान दिन सकेन: एमाले अध्यक्ष केपी शर्मा ओली

सरकारले विकासका काममा आवश्यक ध्यान दिन सकेन: एमाले अध्यक्ष केपी शर्मा ओली

१ असार, काठमाडौं - प्रमुख सत्ता साझेदार एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले विकासका काममा आवश्यक ध्यान दिन नसकेको बताएका छन् । शनिबार संसद् भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा बोल्दै उनले एमाले देशलाई गरिबीतिर जानबाट रोकेर विकास गर्न सरकारमा गएको तर विकास नै नभएपछि सन्तोष जनाउने ठाउँ नरहेको बताए । ‘बजेटको सन्दर्भमा भएको कति ठीक, कति बेठीक त्यो अलि छलफल गर्नुपर्ने हुन्छ । एक/दुई जनाको मुख हेरेर हामी सरकारमा छौं भनेर गरिबीतिर गए पनि के भयो र ? हामी सरकारमा छँदै छौं भनेर हुन्छ ?,' उनले भने, 'हामी सरकारमा किन भएको भन्दा देशलाई गरिबीतिर जानबाट रोकेर विकासतर्फ अगाडि…
Read More
प्रधानमन्त्री दाहाललाई आफू प्रधानमन्त्री हुनुको कारण नै थाहा छैन: कांग्रेस महामन्त्री गगनकुमार थापा

प्रधानमन्त्री दाहाललाई आफू प्रधानमन्त्री हुनुको कारण नै थाहा छैन: कांग्रेस महामन्त्री गगनकुमार थापा

१ असार, काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफू प्रधानमन्त्री हुनुको कारण नै थाहा नभएको टिप्पणी गरेका छन् । शनिवार कांग्रेस नागार्जुन नगर कार्यसमितिले गरेको प्रशिक्षण कार्यक्रममा महामन्त्री थापाले प्रधानमन्त्री दाहाललाई आफू प्रधानमन्त्री हुनुको कारण नै थाहा नभएको बताएका हुन् । थापाले देशको राष्ट्रिय अर्थतन्त्रको अवस्था बेहाल भएको बेला समेत प्रधानमन्त्री दाहालले प्रधानमन्त्री नै बन्नेबाहेक अन्य काममा कुनै सक्रियता नदेखाएको आरोप लगाए । उनले भने, ‘देशको अर्थतन्त्रको हिसाव किताव बिग्रँदै गर्दा त्यसले राजनीतिलाई भारी बोकाउँछ र आगामी दिनमा यो थप बढ्दै जानेवाला छ । हामी प्रतिपक्षमा छौँ । माओवादीको प्रमुख जो प्रधानमन्त्री हुनुहुन्छ, उहाँलाई प्रधानमन्त्री भएर के गर्ने भन्ने कुराको…
Read More
सरकारलाई दिएको समर्थनबारे विचार गर्ने बेला आएको छ : युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ

सरकारलाई दिएको समर्थनबारे विचार गर्ने बेला आएको छ : युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ

१ असार, काठमाडौं - युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सरकार पुरातन शैलीमा चलेको भन्दै सरकारलाई दिएको समर्थनबारे विचार गर्ने बेला आएको बताएका छन् । शनिवार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्थापना दिवसको सन्दर्भमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले सरकार पुरातन र कर्मकाण्डी हिसाबमै चलेको र आफूहरु खल्तीमा राजीनामा पत्र बोकेर हिँडेको बताए । उनले राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी रहेको बताए । उनले कुनैपनि कुरामा रास्वपामाथि अनावश्यक, अनाधिकृत हिसावले सम्झौता गर्न लगाए राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारबाट बाहिरिने चेतावनी दिए । उनले भने, ’शासकीय बेथिति सामाजिक बेथितिभन्दा पनि डरलाग्दो कुरा हो भन्नेकुरा अहिले हामीले अनुभव गरिरहेका छौँ । किनभने अहिले सरकारको नेतृत्व गरिहेको छौँ,…
Read More
आईसीसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित 

आईसीसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित 

१ असार, काठमाडौं - आईसीसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध  जित निकाल्नबाट नेपाल एक रनले चुकेको छ । शनिबार वेस्ट इन्डिजका सेन्ट भिन्सेन्टस्थित आर्नोस मैदानमा सम्पन्न खेलमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ११६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११४ रनमात्र बनाउन सक्यो । नेपाल पहिलो पटक टेस्ट राष्ट्रविरुद्ध जित नजिक पुगे पनि एक रनले निराश बनेपछि नतिजाबाट चुकेको हो । खेलको १७.२ ओभरमा ९९–३ को अवस्थाबाट १८.२ ओभरमा पुग्दा नेपालले ६ विकेट गुमाएपछि दबाब थपिएको थियो । १९औँ ओभरको चार बलसम्म एक विकेट गुमाए पनि नेपालले रन जोड्न सकेको थिएन । तर, पाँचौं बलमा सोमपाल कामीले…
Read More
बारामा क्याम्पस प्रमुखको गोली हानी हत्या

बारामा क्याम्पस प्रमुखको गोली हानी हत्या

३२ जेठ, बारा - बाराको मोहन विक्रम रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या भएको छ ।  आदर्शकोतवाल गाउँपालिकास्थित खजुरियाका कुशवाहाको शुक्रबार साँझ अज्ञात समूहले गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । हत्यामा संलग्नको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । आदर्शकोतवाल गाउँपालिका-२ खजुरियाबाट सदरमुकाम कलैयातर्फ जाँदै गरेका कुशवाहामाथि वडा नं. ३ स्थित भतिनिया क्षेत्रमा अज्ञात समूहले गोली प्रहार गरेको थियो । गोली लागेर घाइते भएका कुशवाहालाई उपचारका लागि न्यूरो अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो ।
Read More
कांग्रेसमाथि चौतर्फी आक्रमण भइरहेकाले एकताबद्ध भएर अघि बढ्न डा शेखर कोइरालाको आग्रह

कांग्रेसमाथि चौतर्फी आक्रमण भइरहेकाले एकताबद्ध भएर अघि बढ्न डा शेखर कोइरालाको आग्रह

३२ जेठ, जनकपुर - नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसलाई कमजोर पारेर मात्रै लोकतन्त्र समाप्त गर्न सकिन्छ भन्ने सोचबाट केही अतिवादी शक्तिहरु सक्रिय भएको बताएका छन् । शुक्रबार नेपाली कांग्रेस धनुषाले जनकपुरमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता कोइरालाले कांग्रेसमाथि चौतर्फी आक्रमण भइरहेकाले एकताबद्ध भएर अघि बढ्न पार्टीपंक्तिलाई आग्रह गरे । 'कांग्रेस जटिल मोडमा पुगेको छ । राष्ट्रियता र लोकतन्त्र बचाउन कांग्रेस मात्रै सक्षम छ भनेर सबैले बुझेका छन्,' उनले भने, 'लोकतन्त्र बचाउनका लागि भएपनि अब फेरि एकपटक बलियो कांग्रेस निर्माण गर्नुपर्ने बेला भएको छ ।' नेता कोइरालाले यतिबेला कांग्रेसको घर कमजोर भएको भन्दै घर छाडेका दाजुभाइहरुलाई घर फर्किएर सेवा…
Read More
नेकपा एस को दशौं महाधिवशेनमा १ हजार ८ सय ७८ प्रतिनिधि सहभागी हुने

नेकपा एस को दशौं महाधिवशेनमा १ हजार ८ सय ७८ प्रतिनिधि सहभागी हुने

३२ जेठ, काठमाडौं - नेकपा एकीकृत समाजवादी (नेकपा एस) को दशौं महाधिवशेनमा १ हजार ८ सय ७८ प्रतिनिधि सहभागी हुने भएका छन् । केन्द्रीय सचिवालयको शुक्रबारको बैठकले असार १६ देखि २० मा हुने महाधविशेनका लागि जिल्ला, प्रदेश, प्रवास, जनसंगठनबाट प्रतिनिधिको संख्या र निर्देशिका पारित गरी संख्या विधि तय गरेको हो । अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तर पार्टी निर्देशनमा ४२५ महिला, १५० दलित र खुला  १ हजार ३ सय ३ गरी १ हजार ८ सय ७८ प्रतिनिधि रहने उल्लेख छ । जसअनुसार भूगोलका संघीय निर्वाचन क्षेत्र  १ हजार १ सय ५७, उपत्यका प्रदेशका जिल्ला कमिटीका कार्यक्षेत्र  २३, प्रदेश सम्पर्क कमिटी क्षेत्र…
Read More
ठूला पूर्वाधारको निर्माण सम्पन्न हुँदा आशाको सञ्चार प्रवाह गरेको प्रधानमन्त्रीको भनाई

ठूला पूर्वाधारको निर्माण सम्पन्न हुँदा आशाको सञ्चार प्रवाह गरेको प्रधानमन्त्रीको भनाई

३२ जेठ, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने नकारात्मक भाष्यले स्थान पाउन थालेको परिस्थितिमा ठूला पूर्वाधारको निर्माण सम्पन्न हुँदा आशाको सञ्चार प्रवाह गरेको बताएका छन् । हेटौंडा सबस्टेसन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ठुल्ठूला पूर्वाधार निर्माण सम्पन्न हुनुले देशमा मौलाएको गलत भाष्य र चर्चालाई तथ्य र तथ्याङ्कसहित निस्तेज तुल्याएको दाबी गरे । ‘तीन ठूला सबस्टेसन नेपालका नदी तथा खोलानालाहरूबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न, पूर्व–पश्चिम विद्युत् आपूर्ति गर्न र नेपाल र भारतबीचको द्विदेशीय विद्युत् व्यापारका लागि मात्र नभएर उपक्षेत्रीय तथा क्षेत्रीय विद्युत् व्यापारका लागि सबस्टेसनहरू मेरुदण्ड (ब्याकबोन) का रूपमा रहनेछन्,’…
Read More
राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणबारे सदनलाई जानकारी गराउन कांग्रेसको माग

राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणबारे सदनलाई जानकारी गराउन कांग्रेसको माग

३२ जेठ, काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकको सुरुमै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथमा सहभागी भएका प्रधानमन्त्री पुष्पकमल दाहालले पाँच दिनबितिसक्दा पनि कुनै जानकारी  नदिएको भन्दै प्रश्न गरे । उनले यही बीचमा राष्ट्रपति समेत विदेश भ्रमणमा रहेक कुरा आफूहरुले पत्रिका पढेर मात्र थाहा पाएको उल्लेख गर्दै यसले संसदीय अभ्यासको उल्लंघन र अपमान भएको बताए । आगामी  बैठकमा  दुवै भ्रमणमबारे जानकारी गराउनका लागि  प्रमुख सचेतक लेखकले सभामुखबाट रूलिङको माग गरे । 'प्रधानमन्त्री भारत भ्रमणबाट फर्केर आएको पनि पाँच दिन भइसकेको छ । नेपाली कांग्रेस…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search