Epost Nepal

४ प्रदेशका स्थानीय सरकार र निजी क्षेत्रसँग सुझाव लिदै योजना आयोग

४ प्रदेशका स्थानीय सरकार र निजी क्षेत्रसँग सुझाव लिदै योजना आयोग

४ प्रदेशका स्थानीय सरकार र निजी क्षेत्रसँग सुझाव लिदै योजना आयोग

काठमाडौं, २१ कात्तिक । १६ औँ योजनाका लागि सुझाव लिन राष्ट्रिय योजना आयोगले पहिलो चरणमा ४ प्रदेशमा छुट्टाछुट्टै टोली परिचालन गरेको छ । आयोजगका सदस्यहरुको नेतृत्वमा परिचालित टोलीले मंगलबार मधेस, बागमती, गढडकी र सुदुरपश्चिममा सुझाव संकलन गर्दैछन् । आयोगले गण्डकी प्रदेशमा आयोग सदस्य डा. रामकुमार फुयाँलको नेतृत्वमा टोली परिचालन गरेको छ । आयोग सदस्य डा. फुयाँलका अनुसार गण्डकी प्रदेशको पोखरामा सोमबार प्रदेश सरकारसँग छलफल भएको थियो । छलफलमा गण्डकीका मूख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित सरकारका सबै मन्त्री र प्रदेश आयोगका उपाध्यक्ष र सदस्यहरुको सहभागीता थियो । मंगलबार भने महानगरपालिका, उपमहानगरपालिका नगरपालिका, गाउँपालिकाका प्रमुख–उपप्रमुख सहित प्रदेश स्तरीय निजी क्षेत्र समेतको सहभागीतामा सुझाव लिइने…
Read More
राहत वितरण तथा पुननिर्माणको बिषयमा प्रधानमन्त्रीले सबै दलसँग छलफल गर्ने

राहत वितरण तथा पुननिर्माणको बिषयमा प्रधानमन्त्रीले सबै दलसँग छलफल गर्ने

कात्तिक २१, काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्प, राहत वितरण तथा पुननिर्माणको बिषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै राजनितिक दलहरुसँग छलफल गर्ने भएका छन् । यसका लागि मंगलबार दिउँसोको लागि प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएका छन् । दिउँसो २ बजे सिंहदरबारमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिएका छन् । गत शुक्रवार राति जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी १५३ जनाको मृत्यु भइसकेको छ भने ३ सय ५० जना घाइते भएका छन् । यसैगरी दुवै जिल्लामा गरी…
Read More
इजरायली आक्रमणमा १० हजार बढि प्यालेष्टाइनीको मृत्यु, युद्धविरामको छैन संकेत

इजरायली आक्रमणमा १० हजार बढि प्यालेष्टाइनीको मृत्यु, युद्धविरामको छैन संकेत

कात्तिक २०, काठमाडौँ । इजरायल र प्यालेस्टाइनबीको युद्धमा प्यालेस्टाइन तर्फका १० हजार बढिको मृत्यु भएको छ । एक महिनायता जारी प्यालेस्टाइन र इजरायलबीचको युद्ध अझै रोकिएको छैन । घना युद्ध भएको ३१ दिनमा प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले आफ्नो देशको तर्फबाट मृत्यु हुने नागरिकको तथ्याङ्क सार्वजनिक गरेको छ । इजरायली बमबारीले घेराबन्दीमा परेको इलाकामा तीव्रता बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क आएको हो । गाजापट्टीमा ३१ दिनको इजरायली आक्रमणमा १० हजार भन्दा बढी मानिसहरू मारिएका छन्, प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूका अनुसार घेरामा परेको एन्क्लेभमा युद्धविरामको कुनै संकेत छैन । सोमबार एक विज्ञप्तिमा, गाजाको स्वास्थ्य मन्त्रालयले मृत्यु हुनेको संख्या कम्तिमा १० हजार २२ जना …
Read More
भाइटीकाको शुभ साइत कात्तिक २९ गते १०ः५१ मा

भाइटीकाको शुभ साइत कात्तिक २९ गते १०ः५१ मा

कात्तिक २०, काठमाडौँ । यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १०ः५१ मा रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहने पनि समितिले जनाएको छ । तर साइत नै खोज्नेका लागि भने १०ः५१ उत्तम रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिएका छन् । यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गते शनिबारदेखि सुरु हुने छ ।
Read More
जाजरकोटमा निरन्तर परकम्प, चिसोका कारण प्रभावित थप समस्यामा

जाजरकोटमा निरन्तर परकम्प, चिसोका कारण प्रभावित थप समस्यामा

कात्तिक २०, काठमाडौँ । शुक्रबारको भूकम्पले ठूलो रुपमा जनधनको क्षति पुर्याएको जाजरकोट र रुकुम पश्चिममा परकम्प जाने क्रम रोकिएको छैन । सोमबार अपरान्ह ४ः३१ मा पनि जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाँडा केन्द्रविन्दु भएर ५.८ रेक्टर स्केलको परकम्प गएको छ । जसका कारण जाजरकोटमा यसअघिको भूकम्पले हल्लाएका घर तथा संरचनाहरु भत्किएका छन् । सोमबारको परकम्पमा केही घाइते समेत भएका छन् । सोमबारै ४ बजेर ४० मिनेटमा जाजरकोटकै पैंक केन्द्रविन्दु भएर ४.५ रेक्टर स्केलको अर्को परकम्प गएको छ । यसरी बारम्बार भूकम्पका झट्का महसुस भइरहदा भूकम्प प्रभावित नागरिक थप त्रसित बनेका छन् । यसैपनि घरबार बिहिन भएर बाहिर बसिरहेका भूकम्प प्रभावितहरु बारम्बारको…
Read More
राष्ट्रिय क्रिकेट टिमलाई ५० लाख रुपैयाँ नगद पुरस्कार

राष्ट्रिय क्रिकेट टिमलाई ५० लाख रुपैयाँ नगद पुरस्कार

कात्तिक २०, काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले टी–२० विश्वकपमा छनोट हुने राष्ट्रिय क्रिकेट टिमलाई ५० लाख रुपैयाँ पुरस्कार दिने भएको छ । सोमबार बसेको क्यानको बोर्ड बैठकले टोलीलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको सचिव पारस खड्काले बताए । काठमाडौंमा आईतबार सम्पन्न भएको टी–२० विश्वकपमा छनोटको सेमिफाइनलमा यूएईलाई हराउँदै नेपाल अमेरिका र वेष्ट इण्डिजमा हुने २०२० को विश्वकपमा छनोट भएको थियो । तर फाइनलमा भने नेपाल ओमानसँग पराजित भयो । यस्तै बैठकले एसीसी यू–१९ प्रिमियर कप विजेता टोलीका सम्पूर्ण सदस्यलार्ई जनही ५० हजार रुपैयाँ नगद पुरस्कार दिने निर्णय पनि गरेको छ । बैठकले विश्वकप छनोटको फाइनलमा नेपाल र ओमानबीचको…
Read More
मदनकृष्ण श्रेष्ठको ‘सुन न तिमी राम्रो लाग्यो’ सार्वजनिक

मदनकृष्ण श्रेष्ठको ‘सुन न तिमी राम्रो लाग्यो’ सार्वजनिक

काठमाडौँ, १९ कात्तिक । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको स्वरमा ‘ सुन न तिमी राम्रो लाग्यो’  बोलको गीत सार्वजनिक गरिएको भएको छ । प्रतिमा श्रेष्ठको शब्द रहेको सार्वजनिक गीतको भिडियोमा कलाकार मदनकृष्णकी छोरी सरना श्रेष्ठले निर्देशन गरेकी हुन् । गीतको भिडियोमा कलाकार मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माको रोमाञ्चक प्रेम कहानी देख्न सकिन्छ । अनिल शाहीको सङ्गीत रहेको  गीत ब्लूबेरी स्टुडियोमा रेकर्ड गरिएको हो ।
Read More
विदेशी पर्यटकहरूको भावना समेटिएको पुस्तक, visitor views of Nepal विमोचन

विदेशी पर्यटकहरूको भावना समेटिएको पुस्तक, visitor views of Nepal विमोचन

कार्तिक १८, काठमाडौँ । काठमाडौँ–१६, नयाँबजार स्थित ज्ञानशाला अनुसन्धान केन्द्रको आयोजनामा विदेशी पर्यटकहरूको भावना समेटेको पुस्तक, visitor views of Nepal  विमोचन गरिएको छ । कार्यक्रममा विभिन्न पर्यटन व्यवसायी, सामाजिक तथा राजनीतिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । पर्यटक व्यवसायी नवराज दाहाल, माओवादी नेता लेखनाथ न्यौपाने, प्राज्ञ डा.कौशिला रिसाल, पत्रकार सुकदेव दाहाल र अधिवक्ता विमल पोख्रेलले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका थिए । पुस्तकको लेखक द्वय, डा.चूडा ढकाल र ईश्वरीप्रसाद ढकाल हुन् । विमोचन कार्यक्रममा कसले के भने ?  डा.चूडा ढकाल(लेखक) आजभन्दा १९ वर्ष पहिले देखि किताब लेख्न सुरु गरिएको हो । यो किताबलाई यहाँसम्म पुर्‍याउन धेरै सङ्घर्ष गर्नुपर्‍यो ।  ४४…
Read More
गाजापट्टीको समस्या हाम्रो आफ्नै समस्या हो

गाजापट्टीको समस्या हाम्रो आफ्नै समस्या हो

* मोहनविक्रम सिंह “कमरेड जलजला” उपन्यासको ‘दर्शन, क्रान्ति र बलिदानको महाद्वीप’ शीर्षकको सातौँ भागमा हिट्लरको फासिवाद, यहुदीहरू माथिका बर्बर अत्याचारसित सम्बन्धित केही परिच्छेदहरू छन् । ती परिच्छेदहरूमा हिट्लरले यहुदीहरूमाथि गरेका अमानवीय र बर्बर अत्याचारहरूको विस्तृत रूपले वर्णन गरिएको छ । त्यस सिलसिलामा पोल्यान्डमा मात्र ६० लाख यहुदीहरूको हत्या गरिएको थियो भने जर्मनी सहित युरोपका कैयौँ देशहरूमा उनीहरूमाथि भीषण बर्बर अत्याचारहरू गरिएका थिए । वृद्ध, महिला र बालबालिकाहरू समेतमाथि त्यस प्रकारका अत्याचारहरू गरिएका थिए । हिट्लरद्वारा युरोपमा यहुदीहरूमाथि गरिएका त्यस प्रकारका अत्याचारहरूसित सम्बन्धित कैयौँ म्युजियमहरू युरोप भरी नै बनाइएका छन् । पार्टीको कामको सिलसिलामा युरोपका विभिन्न देशहरूको भ्रमण गर्दा मैले त्यस…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search