Epost Nepal

जाजरकोटमा निरन्तर परकम्प, चिसोका कारण प्रभावित थप समस्यामा

कात्तिक २०, काठमाडौँ । शुक्रबारको भूकम्पले ठूलो रुपमा जनधनको क्षति पुर्याएको जाजरकोट र रुकुम पश्चिममा परकम्प जाने क्रम रोकिएको छैन ।

सोमबार अपरान्ह ४ः३१ मा पनि जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाँडा केन्द्रविन्दु भएर ५.८ रेक्टर स्केलको परकम्प गएको छ ।

जसका कारण जाजरकोटमा यसअघिको भूकम्पले हल्लाएका घर तथा संरचनाहरु भत्किएका छन् । सोमबारको परकम्पमा केही घाइते समेत भएका छन् । सोमबारै ४ बजेर ४० मिनेटमा जाजरकोटकै पैंक केन्द्रविन्दु भएर ४.५ रेक्टर स्केलको अर्को परकम्प गएको छ ।

यसरी बारम्बार भूकम्पका झट्का महसुस भइरहदा भूकम्प प्रभावित नागरिक थप त्रसित बनेका छन् । यसैपनि घरबार बिहिन भएर बाहिर बसिरहेका भूकम्प प्रभावितहरु बारम्बारको परकम्पका कारण थप चिन्तित बनेका छन् ।

शुक्रबारको भूकम्पका कारण जाजरकोटमा १०१ र रुकुममा ५२ गरी १ सय ५३ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले पुष्टि गरिसकेको छ ।

भूकम्पले घर भत्काएपछि प्रभावितहरु बारीको पाटो तथा बाटोमा नै खुल्ला आकाशमुनि रात काटिरहेका छन् । चिसो बढ्दै जाँदा दिउँसोमा ठिकै भएपनि रातीको समय बिताउन समस्या भएको भूकम्प प्रभावितहरुको गूनासो रहेको छ ।

चिसोमा भूकम्प प्रभावितको बिचल्ली 

भूकम्पले घर भत्काएपछि प्रभावितहरु बारीको पाटो तथा बाटोमा नै खुल्ला आकाशमुनि रात काटिरहेका छन् । चिसो बढ्दै जाँदा दिउँसोमा ठिकै भएपनि रातीको समय बिताउन समस्या भएको भूकम्प प्रभावितहरुको गूनासो रहेको छ ।

बिशेष गरि सुत्केरी, बालबालिका तथा जेष्ठ नागरिकलाई रात कटाउन समस्या परेको छ । सरकारले उद्धारको काम तिब्र रुपमा गरेको भएपनि राहतका सामग्री बितरणमा ढिलाइ गरेको भन्दै असन्तुष्टि सुरु भएको छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरबाट राहत सामग्री घोषणा भएको र जाजरकोटका लागि पठाईएको भनेपनि सम्बन्धित पीडितहरुले नपाएको गूनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search