Epost Nepal

ताजा खबर

मन्त्रिपरिषद् बैठकले गर्‍यो सचिवहरुको सरुवा

मन्त्रिपरिषद् बैठकले गर्‍यो सचिवहरुको सरुवा

२ बैशाख, काठमाडौं - सरकारले पाँच जना सचिवहरुको सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरुको सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् । शर्माका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव दिनेश भट्टराई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएका छन् । महिला बालबलिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका तत्कालीन सचिव सुमनराज अर्याललाई भने युवा तथा खेलकुद मन्त्रालयमा सचिवको जिम्मेवारी दिइएको छ । त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेलको राष्ट्रिय तथ्यांक कार्यालयमा सरुवा भएको छ । तथ्यांक कार्यालयका तत्कालीन सचिव तोयम रायलाई सरकारले केही साताअघि महालेखा परीक्षकमा नियुक्तिका लागि सिफारिस गरेको…
Read More
कांग्रेसले पार्टीगत नभई लाखौं सहकारी पीडित जनताका कुरा राख्दा सरकारले संसद नै बन्द गर्यो: शेरबहादुर देउवा

कांग्रेसले पार्टीगत नभई लाखौं सहकारी पीडित जनताका कुरा राख्दा सरकारले संसद नै बन्द गर्यो: शेरबहादुर देउवा

२ बैशाख , काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लाखौं सहकारी पीडितको अर्बौं बचत हिनामिनाको विषय छानबिन गरी बाहिर ल्याउन माग गर्दा सरकारले संसद नै बन्द गरेको बताएका छन्। आइतबार बसेको पार्टी संसदीय दलको बैठकमा सभापति देउवाले कांग्रेसले पार्टीगत नभई लाखौं सहकारी पीडित जनताका कुरा सदनमा राख्दै आएको बताए। सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठन गर्न विगत एक महिनादेखि माग गर्दै आएको थियो। कांग्रेसले संसदीय समिति गठनको अडान राखेपछि प्रतिनिधि सभा बैठक अवरोधसमेत भएको थियो । सरकारले गत शुक्रबार संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि कांग्रेसले जनताका सवालबाट…
Read More
दीपेन्द्रसिंह ऐरीलेको नयाँ कीर्तिमान सँगै नेपाल एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटमा लगातार दोस्रो विजयी

दीपेन्द्रसिंह ऐरीलेको नयाँ कीर्तिमान सँगै नेपाल एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटमा लगातार दोस्रो विजयी

१ बैशाख , काठमाडौं - दीपेन्द्रसिंह ऐरीले एकै ओभरमा लगातार ६ छक्का प्रहार गरेर नयाँ कीर्तिमान बनाएका छन् । यस सँगै नेपालले एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटमा लगातार दोस्रो विजय हात पार्दै सेमिफाइनल तर्फ अग्रसर भएको छ । दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले ओमानमा भइरहेको प्रतियोगितामा कतारलाई ३२ रनले पराजित गरेको छ । मस्कट स्थित अल अमेरातमा कतारका बलर कामरान खानको अन्तिम ओभरको सबै बलमा छक्का प्रहार गरेपछि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाई २ सय १० रन बनायो । १९ बलमा अर्धशतक पुरा गरेका दीपेन्द्रले २१ बलमा अविजित ६४ रन बनाए । अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार…
Read More
डोल्पाको वनमा आगलागी घटना: तीनै बालबालिकाको मृत्यु

डोल्पाको वनमा आगलागी घटना: तीनै बालबालिकाको मृत्यु

१ बैशाख , काठमाडौं - डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु भएको छ । गत बिहीबार आगलागी घटनामा परेका तीनै बालबालिकाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए । आगलागीबाट गम्भीर घाइते दुई जनाको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको उनले बताए । उपचारको क्रममा १२ वर्षीय विवस बुढा र १३ वर्षीय समन्त बुढाको काठमाडौँमा आज निधन भएको प्रजिअ दाहालले बताए । आगलागीबाट घाइते १० वर्षीय सुलस बुढाको भने गत शुक्रबार जिल्ला अस्पताल डोल्पामा उपचारको क्रममा मृत्यु भएको हो । गाउँ नजिकैको वनमा गुच्ची च्याउ टिप्न गएका तीनै बालबालिका आगलागीमा परेर गम्भीर घाइते…
Read More
६१ वटा आरोहण दललाई हिमाल आरोहण अनुमति

६१ वटा आरोहण दललाई हिमाल आरोहण अनुमति

१ बैशाख , काठमाडौं - विश्वकै सर्बोच्च शिखर सगरमाथासहित २१ वटा हिमाल आरोहण गर्न ४२ मुलुकका विदेशी आरोही नेपाल आइपुगेका छन् । जसमा संयुक्त राज्य अमेरिकाका ४८, चिनियाँ २५, जापानी १८, बेलायती १६, रसियाली १६, पोलिस ९, अस्ट्रेलियाली ९ जना छन् । यी मुलुकबाहेक अन्य ३५ मुलुकबाट न्यूनतम १ देखि अधिकतम ६ जनासम्म आरोहीहरू नेपाल आएका छन् । त्यसैगरी नेपालबाट हालसम्म ७ जनाले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागले फागुन १८ यता सगरमाथासहित पूर्वमा कञ्चनजंघादेखि पश्चिममा धौलागिरि हिमाल आरोहणका लागि ६१ वटा आरोहण दललाई सलामी दस्तुर लिई आरोहण अनुमति दिएको हो । जसमा १ सय १९ महिला र ४ सय २४ पुरुष गरी ५…
Read More
देश निर्माणमा एकजुट हुन राष्ट्रपति रामचन्द्र पौडेलको आग्रह

देश निर्माणमा एकजुट हुन राष्ट्रपति रामचन्द्र पौडेलको आग्रह

१ बैशाख , काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा केन्द्रित हुनुपर्ने सुझाव दिएका छन् । नयाँ वर्ष २०८१ सालको अवसरमा राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै देशको अर्थतन्त्रमा पर्न सक्ने प्रतिकूल प्रभावलाई कम गर्न आन्तरिक स्रोतलाई सदुपयोग गर्न सकिने बताए । 'नयाँ वर्ष आशा, अपेक्षा र उमंगको उत्सव पनि हो । हामीले यस अघि थाती राखेका योजनालाई कार्यान्वयनमा ल्याई देश निर्माणका गतिविधिमा जुट्न म सबैलाई अनुरोध गर्दछु', शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले भनेका छन्, 'मुलुकको समृद्धि र समुन्नतिका लागि स्वदेशी उत्पादनलाई बढावा दिनाका साथै उद्यमशीलता प्रवर्द्धन…
Read More
मुलुकको प्रतिष्ठा अभिवृद्धि गर्नु लक्ष्य रहेको प्रधानमन्त्री पुष्पकमल दाहालको भनाइ

मुलुकको प्रतिष्ठा अभिवृद्धि गर्नु लक्ष्य रहेको प्रधानमन्त्री पुष्पकमल दाहालको भनाइ

१ बैशाख, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रको सुधारमार्फत समृद्धिको बलियो जग बसाउँदै विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु नयाँ वर्ष २०८१ सालको मूल जिम्मेवारी भएको बताएका छन् । नव वर्ष २०८१ का अवसरमा शनिबार शुभकामना दिँदै प्रधानमन्त्री दाहालले सत्ता समीकरणमा आबद्ध दलको सम्बन्धलाई सुदृढ तुल्याउँदै सहमति र सहकार्यको संस्कृति एवं राजनीतिक स्थिरता सुदृढ बनाउनु तथा सेवा प्रवाहलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउनु अहिलेको मुख्य प्राथमिकता भएको बताए । प्रधानमन्त्री दाहालले २०८० साल पूरा भई नयाँ वर्ष २०८१ साल प्रारम्भ भएको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका साथै उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका…
Read More
गुणसार तथा अर्थमा गुणात्मक परिवर्तन हुन सकेन : पूर्व राजा ज्ञानेन्द्र शाह

गुणसार तथा अर्थमा गुणात्मक परिवर्तन हुन सकेन : पूर्व राजा ज्ञानेन्द्र शाह

३० चैत्र, काठमाडौं - पूर्व राजा ज्ञानेन्द्र शाहले विधि, व्यवस्था, शब्द र रूप जति बदलिए पनि गुणसार तथा अर्थमा गुणात्मक परिवर्तन हुन नसकेको बताएका छन् । उनले शुक्रवार नयाँ वर्ष २०८१ को शुभकामना दिँदै भनेका छन्, ‘नेपालको हालसालको इतिहासमा विधि, व्यवस्था, शब्द र रूप जति बदलिए पनि गुणसार तथा अर्थमा कुनै गुणात्मक परिवर्तन हुन सकेको छैन। आज आम नेपालीको चिन्ता यही विषयमा छ।’ ‘जान्ने बुझ्ने बुढापाकाहरू अतीतलाई सम्झेर दिक्दारीमा देखिन्छन् त नयाँ युवा पुस्ता देशमा आफ्ना सुनौलो भविष्य नदेखेर भौँतारिएका छन्’, पूर्व राजा शाहले भनेका छन्, ‘देशको बौद्धिक समाज उदासीन हुँदै जानु र होनहार युवा जनशक्ति पलायन हुँदै जानु, राष्ट्रको…
Read More
त्रिभुवन विश्वविद्यालयले पायो रजिष्ट्रार र रेक्टर

त्रिभुवन विश्वविद्यालयले पायो रजिष्ट्रार र रेक्टर

३० चैत्र, काठमाडौं - प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारमा प्रा.डा. केदार रिजाल र रेक्टरमा प्रा.डा. खड्ग केसीलाई नियुक्त गरेका छन् । रिजाल त्रिवि वातावरण विज्ञान विभागका प्राध्यापक हुन् भने केसी भने अन्तर्राष्ट्रिय सम्बन्धन विभागका प्राध्यापक हुन् । उपकुलपति प्रा.डा केशरजंग बरालले केही समयअघि नै दुई जनालाई नियुक्तिका लागि सिफारिस गरेका थिए । तर उनीहरूलाई नियुक्ति गर्न प्रधानमन्त्री प्रचण्डले समय लगाएका थिए । त्रिविमा तीन महिनादेखि रजिष्ट्रार र पाँच महिनादेखि रेक्टर निमित्तको भरमा छन् ।
Read More
संसदको चालु अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषदको सिफारिस

संसदको चालु अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषदको सिफारिस

३० चैत्र, काठमाडौं - मन्त्रिपरिषद बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले २०८१ वैशाख २ गते राति १२ बजेदेखि चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकार प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । मन्त्रिपरिषद बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग सिंहदरबारमै भेटवार्ता गरेका थिए । उक्त भेटपछि अध्यक्ष ओलीले संसद अधिवेशन अन्त्य हुने प्रतिक्रिया दिएका थिए।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search