Epost Nepal

६१ वटा आरोहण दललाई हिमाल आरोहण अनुमति

१ बैशाख , काठमाडौं – विश्वकै सर्बोच्च शिखर सगरमाथासहित २१ वटा हिमाल आरोहण गर्न ४२ मुलुकका विदेशी आरोही नेपाल आइपुगेका छन् ।

जसमा संयुक्त राज्य अमेरिकाका ४८, चिनियाँ २५, जापानी १८, बेलायती १६, रसियाली १६, पोलिस ९, अस्ट्रेलियाली ९ जना छन् । यी मुलुकबाहेक अन्य ३५ मुलुकबाट न्यूनतम १ देखि अधिकतम ६ जनासम्म आरोहीहरू नेपाल आएका छन् । त्यसैगरी नेपालबाट हालसम्म ७ जनाले आरोहण अनुमति लिएका छन् ।

पर्यटन विभागले फागुन १८ यता सगरमाथासहित पूर्वमा कञ्चनजंघादेखि पश्चिममा धौलागिरि हिमाल आरोहणका लागि ६१ वटा आरोहण दललाई सलामी दस्तुर लिई आरोहण अनुमति दिएको हो । जसमा १ सय १९ महिला र ४ सय २४ पुरुष गरी ५ सय ४३ जना छन् ।

आरोहण अनुमति जारी गर्दा विभागले २८ लाख ३६ हजार ९ सय ३३ अमेरिकी डलर (३७ करोड ७३ लाख ८३ हजार १ सय ६ रुपैयाँ) सलामी दस्तुर संकलन गरेको जनाएको छ । हालसम्म विभागले प्राप्त गरेको सलामी दस्तुरमध्ये ३३ करोड रुपैयाँ सगरमाथा आरोहण गर्ने दलबाट संकलन भएको छ । सगरमाथा आरोहणका लागि २२ वटा आरोहण दलबाट २ सय ३४ जनाले अनुमति लिएका छन् । योपछि सर्वाधिक सलामी दस्तुर मकालु हिमालबाट भएको छ । आरोहणमा जाने ४ आरोहण दलका ४५ सदस्यबाट विभागले १ करोड ७ लाख रुपैयाँ सलामी दस्तुर संकलन गरेको छ ।

नेपालले ५ हजार ५ सय मिटरभन्दा अग्ला १३ सय वटा हिमालमध्ये ४ सय १४ वटा आरोहण तथा अन्य पर्यटकीय गतिविधिका लागि खुला गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

राष्ट्रपति पौडेल: लोकतन्त्र सुदृढ गर्न नयाँ जनादेश आवश्यक

३ असोज, काठमाण्डौं – राष्ट्रपति रामचन्द्र पौडेलले जेन-जी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिमा प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन...

जेनजी आन्दोलनपछि ८ हजार कैदी फरार, कारागारमा सुरक्षा चुनौती

३ असोज, काठमाण्डौं –जेनजी आन्दोलनको क्रममा २४ भदौमा भएको कारागार तोडफोडपछि अझै ८ हजार ३७५ कैदीबन्दी फरार रहेको कारागार व्यवस्थापन ...

काठमाडौं उपत्यकामा ३४६ प्रहरी सवारी जले, ड्युटी प्रभावित

३ असोज, काठमाडौं – जेन–जी आन्दोलनको क्रममा नेपाल प्रहरीका सवारी साधनहरूको ठूलो क्षति भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्...

जनअपेक्षाअनुसार काम गर्न अन्तरिम सरकार प्रतिबद्ध: प्रधानमन्त्री कार्की

३ असोज, काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले संविधान दिवसको अवसरमा आयोजित समारोहमा कुनै शासकीय आकांक्षा वा पदको लालसा लिएर आफू...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search