Epost Nepal

ताजा खबर

आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोल्ने गरेको छ : माधवकुमार नेपाल

आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोल्ने गरेको छ : माधवकुमार नेपाल

१७ बैशाख, काठमाडौं  - नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोल्ने गरेको बताएका छन् । पार्टी निकट अखिल नेपाल महिला संघ (समाजवादी) ले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले जसले जे भने पनि आफूहरूका लागि अनुकुल वातावरण बनाउने कुरामा ध्यान दिने बताए । ‘हामी प्रधानमन्त्री बन्छौं भनेर कतिपयलाई पोल्न थाल्या छ । कतै प्रधानमन्त्री बनिहाल्छ कि भनेर पनि पोल्न थाल्या छ । पोल्ने मानिसहरू पनि छन् यो समाजमा । तिनलाई पोले पोलोस् । दन्दनी आगोले पोलिरहोस्, त्यस्ता प्रवृत्ति बोक्नेहरूलाई धिक्कार छ, म भन्न चाहन्छु,' अध्यक्ष नेपालले भने, 'परिस्थितिलाई हामीले आफ्नो…
Read More
बझाङ प्रदेशसभा–१ मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी

बझाङ प्रदेशसभा–१ मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी

१७ बैशाख, धनगढी - बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । सोमबार दिउँसो सकिएको मतगणनामा भण्डारीले ११ हजार ६१३ मत ल्याएर निर्वाचित भएका हुन् । उनले कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहलाई २६७ मतको अन्तरले पराजित गरेका छन् ।  सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गरेका छन् । यस्तै माओवादीका जनक बुढाले ३ हजार ८ सय ३१ मत र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १४ मत ल्याएका छन् । शनिबार भएको मतदानमा ३० हजार ३ सय २८ मत खसेको थियो ।
Read More
यसै आर्थिक वर्षदेखि बंगलादेशमा विद्युत् निर्यात हुन्छ: प्रधानमन्त्री पुष्पकमल दाहाल

यसै आर्थिक वर्षदेखि बंगलादेशमा विद्युत् निर्यात हुन्छ: प्रधानमन्त्री पुष्पकमल दाहाल

१६ बैशाख, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसै आर्थिक वर्षदेखि बंगलादेशमा ४० मेगाबाट विद्युत् निर्यात गरिने बताएका छन् । मर्स्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारणलाइन तथा २२० केभी मातातीर्थ सबस्टेसनको आइतबार उद्घाटन गर्दै उनले गत वर्ष जेठमा आफ्नो भारत भ्रमणका क्रममा भएको दीर्घकालीन विद्युत् व्यापारको प्रारम्भिक सहमतिले बजार निश्चित गरेको बताए । “उक्त प्रारम्भिक सहमतिलाई मूर्तरूप दिन अन्तिम सम्झौतामा हस्ताक्षर भइसकेको छ । यो नेपालको जलविद्युत् विकास र बजार सुनिश्चितताका लागि अर्को महत्त्वपूर्ण र ऐतिहासिक खुड्किलो हुने मैले विश्वास लिएको छु,” उनले भने, “नेपाल, भारत र बंगलादेशका निकायहरूबीच त्रिपक्षीय सम्झौता छिट्टै हुँदै छ । यसले नेपालको जलविद्युत्को बजार विस्तार…
Read More
नेपाल रणनीतिक तवरले लगानीका लागि सम्भावनायुक्त देश: प्रधानमन्त्री पुष्पकमल दाहाल

नेपाल रणनीतिक तवरले लगानीका लागि सम्भावनायुक्त देश: प्रधानमन्त्री पुष्पकमल दाहाल

१६ बैशाख, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा लिन आह्वान गरेका छन् । ‘नेपाल लगानी सम्मेलन २०२४’को आज उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले नेपाल कानुनी, भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि सम्भावनायुक्त देश भएको बताए । नेपाल उदार आर्थिक नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै  प्रधानमन्त्री दाहालले नेपालमा लगानीमैत्री वातावरण सिर्जना भएको जानकारी दिए । लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीलाई सहज अवस्था सिर्जना गर्न नेपाल निरन्तर अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले हालै मात्र व्यवसाय र लगानीसम्बन्धी विभिन्न आठ कानून परिमार्जन गरेको जानकारी गराए । 'मलाई विश्वास छ, यसले…
Read More
हामीसँग विकासका फाइदाहरू प्राप्त गर्न पर्याप्त पुँजी र उपयुक्त प्रविधिको अभाव छ: शेरबहादुर देउवा

हामीसँग विकासका फाइदाहरू प्राप्त गर्न पर्याप्त पुँजी र उपयुक्त प्रविधिको अभाव छ: शेरबहादुर देउवा

१६ बैशाख, काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीका लागि नेपालका प्रायः सबै क्षेत्र खुला रहेको बताएका छन् । आजदेखि काठमाडौंमा सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहमा  पूर्वप्रधानमन्त्री देउवाले लगानीका लागि कृषि, पर्यटन, पूर्वाधार विकास, खानी तथा खनिज, उत्पादन, जलविद्युत् र सूचना प्रविधिजस्ता क्षेत्र लगानीका लागि खुला रहेको उल्लेख गरेका हुन् । प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका उनले शिखर सम्मेलनमा भएका छलफल र शिखर सम्मेलनका क्रममा आदानप्रदान हुने विभिन्न सहयोग र साझेदारीले नेपालमा थप लगानी प्रवाहका लागि मार्ग प्रशस्त हुने धारणा व्यक्त गरे । 'नेपाल अझै पनि कम विकसित मुलुकमा पर्छ ।…
Read More
आज आइतबारबाट लगानी सम्मेलन: १ सय ५० परियोजना प्रस्तुत गर्ने तयारी

आज आइतबारबाट लगानी सम्मेलन: १ सय ५० परियोजना प्रस्तुत गर्ने तयारी

१६ बैशाख, काठमाडौं - लगानी भित्र्याउन सरकारले आयोजना गर्न लागेको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आज आइतबार सुरु हुँदै छ । सम्मेलनमा नेपालसहित ५५ देशका १६ सयभन्दा बढी लगानीकर्ताको सहभागिता रहने र स्थानीय, प्रदेश, संघ र निजी क्षेत्रका गरी १ सय ५० परियोजना प्रस्तुत गर्ने तयारी रहेको नेपाल लगानी बोर्डले जनाएको छ । दुई दिन चल्ने सम्मेलनमा ६ वटाभन्दा बढी सत्र सञ्चालन हुनेछन् । ऊर्जा, यातायात, खानी तथा खनिज, पर्यटन, उत्पादन, औद्योगिक पूर्वाधार तथा व्यापार, स्वास्थ्य तथा शिक्षालगायत विविध क्षेत्रका परियोजनाहरु रहेका छन्  । संघ, प्रदेश र स्थानीय तहका १ सय १९ र निजी क्षेत्रका ३१ परियोजना छन् । लगानी बोर्डको ५८औं बैठकले मंगलबार तेस्रो…
Read More
सुनकोसी मरिण डाइभर्सन सुरुङ खन्न एकाध सेन्टिमिटर मात्र बाँकी

सुनकोसी मरिण डाइभर्सन सुरुङ खन्न एकाध सेन्टिमिटर मात्र बाँकी

१५ बैशाख, काठमाडौं - सुनकोसी मरिण डाइभर्सन परियोजनामा सुरुङ खन्न एकाध सेन्टिमिटर मात्र बाँकी छ । २६ वैशाखमा विशेष समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरुङ ब्रेक थ्रु गर्नेछन् । सुरुङ ब्रेक थ्रू गर्ने अन्तिम तयारी भइरहेको सुनकोसी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालले बताए । कुल १३ दशमलव तीन किलोमिटर लामो सुरुङमध्ये एकाध सेन्टिमिटर मात्रै खन्न बाँकी छ । सुरुङ निर्माणको कूल अवधि दुई वर्षको भए पनि त्यसभन्दा धेरै अगाडि झन्डै १९ महिनामा सम्पन्न भएको हो । भौगोलिक जटिलताका कारण केही समय मेसिन नरोकिएको भए अझै चाँडो सुरुङ छिचोलिने थियो । सुरुङ छिचोलिए पनि अन्य आवश्यक काम पूरा गर्न थप…
Read More
अध्यादेशमार्फत कानुन संशोधन गर्न लागेकामा नेपाली कांग्रेसले जनायो विरोध

अध्यादेशमार्फत कानुन संशोधन गर्न लागेकामा नेपाली कांग्रेसले जनायो विरोध

१५ बैशाख, काठमाडौं - सरकारले लगानी सहज बनाउन भन्दै अध्यादेशमार्फत ९ वटा कानुन संशोधन गर्न लागेकामा नेपाली कांग्रेसले विरोध जनाएको छ । लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याउने गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको थियो । शनिबार कांग्रेस संसदीय दलले एक विज्ञप्ति जारी गरी संसदको गत अधिवेशनमा कानुन ल्याउन पर्याप्त समय हुँदाहुँदै सरकारले कानुन नबनाई अध्यादेशको बाटो रोजेको आरोप लगाएको छ । संघीय संसदको अधिवेशन चलिरहेको अवस्थामा बाहेक तत्काल केही गर्न आवश्यक परेमा अध्यादेश जारी गर्न सक्ने संविधानको व्यवस्थाको अपव्याख्या गरी संघीय संसदको गत अधिवेशन भन्दा पनि महिनौं अगाडिदेखि तयारी प्रारम्भ भएको लगानी सम्मेलनलाई सम्बोधन…
Read More
उपनिर्वाचनअन्तर्गत इलाम–२ मा करिब ५८ प्रतिशत र  बझाङ–१ ‘क’मा करिब ५० प्रतिशत मतदान

उपनिर्वाचनअन्तर्गत इलाम–२ मा करिब ५८ प्रतिशत र बझाङ–१ ‘क’मा करिब ५० प्रतिशत मतदान

१५ बैशाख, काठमाडौं - उपनिर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यतर्फ इलाम क्षेत्र नम्बर–२ र प्रदेशसभा सदस्यतर्फ बझाङ–१ ‘क’मा मतदान सम्पन्न भएको छ । इलाम–२ मा करिब ५८ प्रतिशत र बझाङ–१ ‘क’मा करिब ५० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । यद्यपि निर्वाचन आयोगले मतदानको विवरण आयोगको प्रणालीमा प्रविष्ट गर्ने काम भइरहेको बताएको छ । आयोगका अनुसार दुबै ठाउँमा मतदान शान्तिपूर्ण र उत्साहपूर्ण सम्पन्न भएको छ । तर दुबै क्षेत्रमा ४ मंसिर २०७९ मा भएको चुनावमा भन्दा कम मतदान भएको छ । उपनिर्वाचनमा इलाम–२ मा १ लाख १५ हजार ८८९ मतदाता र बझाङ–१ प्रदेश सभा क्षेत्रमा ६१ हजार ७४८ मतदाता थिए । ४ मंसिर…
Read More
बौद्धिक पलायनलाई रोक्नका लागि पाठ्यक्रम समयानुकूल परिवर्तन गर्न जरुरी: पुष्पकमल दाहाल

बौद्धिक पलायनलाई रोक्नका लागि पाठ्यक्रम समयानुकूल परिवर्तन गर्न जरुरी: पुष्पकमल दाहाल

१४ बैशाख, मोरङ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय देखिएको बौद्धिक पलायनलाई रोक्नका लागि पाठ्यक्रम समयानुकूल परिवर्तन गर्न जरुरी देखिएको बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई  सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउनुपर्ने बताएका हुन् । 'युवा–विद्यार्थीमा देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गराई बौद्धिक पलायनलाई रोक्नसमेत पाठ्यक्रममा आमूल परिवर्तन जरूरी देखिन्छ। प्रविधिमा आधारित नवप्रवर्तन र अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर पाठ्यक्रम तयार गरी अध्ययन गराउनुपर्छ ,'प्रधानमन्त्री प्रचण्डले भने,' समृद्धिसँग जोड्ने व्यावसायिक शिक्षाको खाँचो बढ्दै गएको छ ।' समारोहमा युवा सहभागिताबिना देशलाई समृद्धितर्फ अगाडि बढाउन नसकिने…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search