२९ बैशाख, काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संसद् पनि चल्न नदिने र संसदीय छानबिन समिति पनि बनाउन नदिने रणनीति लिएको निष्कर्ष निकालेको छ । शनिबार बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले छानबिन समिति बन्न नदिन र संसद समेत चल्न नदिन सरकार आफैं उद्यत रहेको निष्कर्ष निकालेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा महामन्त्री गगन थापाले संसद्को अवरोध हटाउन सरकार र सभामुख संवेदनशीन नबनेको आरोप लगाए । "सरकारले जसरी पनि संसद् पनि चल्न नदिने र संसदीय छानबिन समिति पनि बनाउन नदिन खोजेको निष्कर्ष हामीले निकालेका छौँ," थापाले भने । उनका अनुसार आगामी रणनीति…
२९ बैशाख, काठमाडौं - गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा मुछिएका जीबी राईलाई यसअघिको सरकारले भगाएको आरोप लगाएका छन् । चितवनमा शनिबार बिहान पत्रकारसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले भगाएको मान्छेलाई खोज्न समय लाग्ने प्रतिक्रिया दिएका हुन् । जीबी राई किन पक्राउ पर्न सकेनन् भन्ने प्रश्नमा उनले प्रतिप्रश्नसहित जवाफ दिए, ‘ नियन्त्रणमा लिन प्रयास भइरहेको छ । तर, यत्रा समस्या आउँदाआउँदै भगाएको चाहिं किन भन्ने प्रश्न सोध्न सकिन्छ नि !’ त्यसपछि उनले भगाइसकेको मान्छेलाई खोज्न समय लाग्ने भएकोले हरकोसिस भएको बताए । लगत्तै पत्रकारले कसले भगाएको हो त भन्ने प्रश्न गर्दा उनले जवाफ दिए, ‘भाग्दाखेरी सरकारमा को थियो ? ‘
२८ बैशाख, काठमाडौं - सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारलाई प्रदेशमा दीर्घकालीन असर पर्ने गरी कुनै पनि काम नगर्न आदेश गरेको छ । शुक्रबार बसेको सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले गण्डकी प्रदेश सभा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट निवेदनमाथि सुनुवाई गर्दै अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारलाई मुद्दाको अन्तिम किनारा नलाग्दासम्म प्रदेशमा दीर्घकालीन असर पर्ने गरी कुनै पनि काम नगर्न अन्तरिम आदेश दिएको हो । अदालतले मुख्यमन्त्री अधिकारीले प्रदेशसभामा विश्वासको मत पाएको घोषणा हुँदा प्रयोग भएको धारा १८६ को प्रावधान एवम् संविधानको धारा १८८ को समेत बृहत् व्याख्या हुनुपर्ने र विश्वासको मत र अविश्वासको मत…
२८ बैशाख, काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक जेठ १ गते बस्नेगरी स्थगित भएको छ । प्रतिनिधिसभाको बजेट अधिवशेन सुरु भएकै दिन कांग्रेसले सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्न माग गरेर अवरोध गरेपछि बैठक स्थगित भएको हो । प्रतिनिधिसभाका दुइटा बैठक बसे । ती दुवै बैठकमा कांग्रेस सांसद्हरुले वेल घेराउ गर्दै नाराबाजी गरे । दोस्रो बैठकमा कांग्रेस सांसदहरूको नाराबाजीका बीचमा सभामुख देवराज घिमिरेले गृहमन्त्री लामिछानेलाई बोल्नका लागि समय दिएका थिए । तर लामिछाने कांग्रेसले घेरिरहेको वेल छिचोलेर रोस्ट्रममा बोल्न जान पाएनन् । त्यसपछि प्रतिनिधिसभाको बैठक जेठ १ सम्मका लागि स्थगित भएको हो ।
२८ बैशाख, काठमाडौं - नेपाली कांग्रेस सांसद तथा महामन्त्री गगन थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आफैँले फारम भरेर सहकारीबाट ऋण लिएको प्रमाण प्रहरीले नै संकलन गरेको भन्दै त्यतिका प्रमाणहरु हुँदासमेत अभियोजन नभएकोबारे प्रश्न गरेका छन् । शुक्रवार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै थापाले गृहमन्त्री लामिछाने अनुसन्धानबाट भाग्न खोजिरहेको बताए । 'यहाँ गृहमन्त्रीमाथि सहकारीको करोडौँ रुपैयाँ अपचलन गरेको आरोप लागेको छ । तर कुनै अभियोजन भएको छैन । अनुसन्धानसम्म पनि भएको छैन । प्रधानमन्त्री आफैँ संसद्मा उभिएर झुट बोल्नुभएको छ । के यहाँ गृहमन्त्रीले आफैँ फारम भरेर सहकारीबाट ऋण लिएको प्रमाण पेस गरौँ ? कुन-कुन प्रमाणहरु पेस गरौँ ? यही…
२८ बैशाख, काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीमा नागरिकहरूले बचत गरेको रकम ठगी भएकोले संसदीय छानबिन समिति गठन गर्नुपर्ने निर्णय गरेको छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा शुक्रबार बिहान बसेको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठकले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएकोले संसदीय छानबिन समिति गठन गर्ने यसअघिकै निर्णय उचित ठहर गर्दै यसैलाई यथावत् राख्ने निर्णय गरेको हो । बैठकपछि प्रमुख सचेतक रमेश लेखकले सहकारीको बचत अपचलन, ठगी र हिनामिना अपराध गर्नेलाई सरकारले जोगाउन खोजेको आरोप लगाए। ‘सहकारीमा नागरिकहरूले गरेको बचत अपचलन, ठगी र हिनामिना अपराध गर्नेलाई जोगाउन सरकारले संवैधानिक निकाय दुरूपयोग गरेको छ,’ उनले भने,…
२८ बैशाख, काठमाडौं - हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्का वर्षा भइरहेको जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी क्षेत्रमा बाँकी पहाडी भागका आंशिकदेखि साधारणतया बदली हुने तथा कोशी र वाग्मती प्रदेशलगायत देशका केही स्थानमा मेघगर्जन एवं चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै मुलुकका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । आज राति कोशी प्रदेशलगायत…
२७ बैशाख, काठमाडौं - कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । कार्कीले बिहीबार दायर गरेको रिटमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले गरेको आह्वान र त्यसका आधारमा भएका निर्णय बदर गर्न माग गरिएको छ । साथै उनले कार्कीलाई मुख्यमन्त्रीको कामकारबाही नगर्न नगराउन र आफूलाई मुख्यमन्त्रीको जिम्मेवारी बहाल गर्न अवरोध नगर्न, नगराउन समेत अन्तरिम आदेश माग गरेका छन् । रिटकाे पेशी शुक्रबारका लागि ताेकिएकाे छ । संविधानको धारा १३३ (२) र (३) बमोजिम उत्प्रेषण, परमादेश लगायत माग गर्दै रिट हालिएको छ । रिटमा कोशी प्रदेश प्रमुख कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ्ग, सभामुख अम्बरबहादुर विष्ट, संकल्प…
२७ बैशाख, बिराटनगर - कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङ्गले कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम बिहीबार दिउँसो मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्। मुख्यमन्त्री नियुक्त गर्नुअघि प्रदेश प्रमुखले ५२ जना सांसदको सनाखत गराएका थिए। प्रदेश सभाको दोस्रो कार्यकालको १६ महिनाका बीचमा कार्की तेस्रो पटक कोशीको मुख्यमन्त्री बनेका हुन्। कार्की झापा निर्वाचन क्षेत्र नं ५ (क)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
२७ बैशाख, बिराटनगर - कोसीका प्रदेश प्रमुख परशुराम खापुङले दुई दिन समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन् । खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसार बुधबार राति वैकल्पिक सरकार गठनको आह्वान गरेका हुन् । सरकार गठनका लागि खापुङले वैशाख २८ शुक्रबार अपराह्न ५ बजेसम्मको समय दिएका छन् । कोसीमा मुख्यमन्त्री केदार कार्की पदमुक्त हुने वा नहुने विषयमा सत्तारुढ र प्रतिपक्षबीच विवाद रहेका बेला प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीले साझेदार दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत नलिएकाले सरकार रिक्तताको अवस्था देखाउँदै नयाँ सरकार गठनको आह्वान गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयबाट जारी विज्ञप्तिमा प्रदेशसभाका ५२ जना सदस्यले…