१७ पुस, काठमाडौं — पूर्वप्रधानमन्त्री तथा नेकपा नेता झलनाथ खनालले नेपाललाई ‘युक्रेन’जस्तै अवस्थातर्फ धकेल्ने योजनाबद्ध प्रयास भइरहेको आशंका व्यक्त गर्दै सबै कम्युनिष्ट, वामपन्थी, प्रगतिशील, देशभक्त र लोकतन्त्रप्रेमी शक्तिहरूलाई राष्ट्रिय एकतामा आबद्ध हुन आह्वान गरेका छन्। अंग्रेजी नयाँ वर्ष २०२६ का अवसरमा जारी शुभकामना सन्देशमा खनालले अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिहरू र देशभित्रका तिनका सहयोगीहरूले नेपाललाई अस्थिरता, हिंसा र विध्वंसको दिशातर्फ लैजान सक्रिय भूमिका खेलिरहेको आरोप लगाएका छन्। विदेशी पैसा र प्रलोभनको सहारामा सबै राजनीतिक दल र नेताविरुद्ध दुष्प्रचार गरी नेपाली समाजलाई परिवर्तनको मार्गबाट विमुख गराउने प्रयास भइरहेको उनको भनाइ छ। शुभकामना सन्देशमा उनले उल्लेख गरेका छन् कि अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिहरू र देशभित्रका…
१५ पुस, काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, अमन-चैन र दिगो लोकतन्त्र स्थापना गर्न निर्वाचन नै सबैभन्दा प्रभावकारी उपाय भएकाले यस प्रक्रियामा सबैले सहयोग गर्नुपर्नेमा जोड दिएकी छन्। बालुवाटारमा आज बिहान राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंसँग भएको भेटका क्रममा प्रधानमन्त्री कार्कीले देश अब थप अस्थिरता र अशान्ति सहन नसक्ने अवस्थामा पुगेकाले आफ्ना माग र असन्तुष्टि शान्तिपूर्ण माध्यमबाट व्यक्त गर्न आग्रह गरिन्। मुलुक निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको उल्लेख गर्दै उनले जनतामार्फत आफ्ना मुद्दा अनुमोदन गराउनु नै लोकतान्त्रिक निकासको एकमात्र बाटो भएको बताइन्। ‘हामीले धेरै कठिन परिस्थितिबाट मुलुकलाई पुनः शान्ति र सुव्यवस्थातर्फ फर्काएका छौं,’ उनले भनिन्,…
१५ पुस, काठमाडौं — वैकल्पिक राजनीतिमा सक्रिय तीन प्रमुख शक्ति अब एउटै दल र एउटै चुनाव चिह्नबाट निर्वाचनमा सहभागी हुने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच सहमति भएको भोलिपल्टै ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी पनि एकतामा समाहित भएको हो। रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । उक्त हस्ताक्षरमा बालेन्द्र साक्षी बनेका थिए भने कुलमान घिसिङ पनि उपस्थित थिए । सहमतिपत्रअनुसार पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै कायम रहनेछ । झन्डा र चुनाव चिह्न पनि रास्वपाकै रहने उल्लेख छ । सभापति रवि…
१३ पुस, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु भएको छ। आन्तरिक प्रतिस्पर्धा तथा प्राथमिक निर्वाचन प्रक्रियाबाट तयार भएको समानुपातिक उम्मेदवार सूचीलाई अन्तिम रूप दिन पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बसिरहेको हो। यसअघि, गत पुस ११ गते रास्वपाले समानुपातिकतर्फका ३८७ जना आकांक्षी उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको थियो। उक्त प्रक्रियाका लागि कुल ४१४ जनाले आवेदन दिएका थिए, जसका लागि पार्टीले प्रतिव्यक्ति ५० हजार रुपैयाँ आवेदन शुल्क तोकेको थियो। निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने समयसीमा सोमबारसम्म निर्धारण गरेको छ। आयोगको निर्देशिका अनुसार राजनीतिक दलहरूले समानुपातिक सूचीमा दलित १३.८ प्रतिशत, आदिवासी जनजाति २८.७ प्रतिशत, खस आर्य ३१.२…
१४ पुस, काठमाडौं — तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ गते भएको घटनाको नैतिक जिम्मेवारी आफूले लिएको तर भदौ २४ गते भएका घटनाहरू भने योजनाबद्ध भएको दाबी गरेका छन्। सोमबार भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगमा बयान दिँदै लेखकले २३ गतेको दुःखद् घटनापछि नैतिक जिम्मेवारी वहन गर्दै राजीनामा दिएको बताएका हुन्। बयानमा उनले भनेका छन्, “गृह मन्त्रालयको राजनीतिक नेतृत्वमा रहेको हैसियतले त्यस घटनाबाट म अत्यन्तै मर्माहित भएँ। गहिरो पीडाबोधका कारण गृहमन्त्री पदमा रहेका व्यक्तिले पदीय नैतिक जिम्मेवारी लिनुपर्छ भन्ने अठोटका साथ नैतिकताका आधारमा तत्काल राजीनामा दिएको हुँ। अहिले पनि म भन्छु— भदौ २३ को घटना हुँदा म देशको…
१३ पुस, काठमाडौं — नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू समेटिएको सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा भइरहेको बैठकमा समानुपातिकतर्फका उम्मेदवारको विषय प्रमुख एजेन्डाका रूपमा छलफल भइरहेको नेताहरूले जानकारी दिएका छन्। आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी दलहरूलाई निर्वाचन आयोगले भोलिसम्म समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन समयसीमा तोकेको छ। यसका लागि एमालेले उम्मेदवारहरूको प्रारम्भिक सूची तयार गरिसकेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले तयार पारेको उक्त प्रारम्भिक सूचीमाथि सचिवालय बैठकमा छलफल भइरहेको नेताहरूले बताएका छन्।
१३ पुस, काठमाडौं — नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वतर्फ धकेल्ने षड्यन्त्रको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच सात बुँदे सहमति भएको दिनकै बिहान महासचिव पोखरेलले उक्त चिन्ता सार्वजनिक गरेका हुन्। कसैको नाम उल्लेख नगरी सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले लेखेका छन्, “भदौ २३ र २४ गते घटेका घटनाहरू नेपाललाई भूराजनीतिक द्वन्द्वको गोटी बनाएर युक्रेनजस्तै अस्थिर बनाउने योजनाको पहिलो चरण थिए। अब त्यही षड्यन्त्रको दोस्रो चरणको तयारी पनि अघि बढ्दैछ।” उनले गत भदौ २३ गते नवयुवाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनलाई योजनाबद्ध रूपमा मुठभेडमा परिणत गरी…
१३ पुस, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच एउटै पार्टीबाट निर्वाचनमा सहभागी हुने विषयमा ७ बुँदे सहमति भएको छ। सहमतिअनुसार, रास्वपाको नेतृत्व रवि लामिछानेले गर्ने विषयमा बालेन सहमत भएका छन् भने रविले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनपछि बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीका रूपमा स्वीकार गर्ने सहमति जनाएका छन्। सहमतिपत्रको बुँदा नम्बर ४ मा उल्लेख गरिएको छ, “राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने।” रवि लामिछाने र बालेनद्वारा हस्ताक्षरित सहमतिपत्रमा नेपालको समतामूलक र उन्नत विकासप्रति प्रतिबद्ध…
११ पुस, काठमाडौं — नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हाल्दै पद तथा गोपनीयताको शपथ लिएका छन्। आजै परराष्ट्र मन्त्रीमा नियुक्त भएका शर्माले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेका हुन्। शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश तथा मन्त्रीहरू लगायतको उपस्थिति रहेको थियो।
११ पुस, काठमाडौं — नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुनैपर्ने स्पष्ट धारणा व्यक्त गरेका छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँगको भेटका क्रममा प्रचण्डले निर्वाचनको कुनै विकल्प नरहेको बताएका हुन्। प्रचण्डसँगको भेटपछि सरकारका प्रवक्ता खरेलले सञ्चारकर्मीसँग भने, “निर्वाचनको वातावरण निर्माण गर्न राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरिएको हो। प्रचण्डसँगको भेटमा उहाँले निर्वाचनको विकल्प छैन, फागुन २१ मै हुनुपर्छ र निर्वाचनका लागि सरकारलाई सहयोग रहने स्पष्ट गर्नुभयो।” उनका अनुसार, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सरकारले आवश्यक निर्वाचन वातावरण तयार पारेमा चुनावमा सहभागी हुने बताएका छन्।…