Epost Nepal

नेपाललाई द्वन्द्वतर्फ धकेल्ने षड्यन्त्र जारी छ: महासचिव पोखरेल

१३ पुस, काठमाडौं — नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वतर्फ धकेल्ने षड्यन्त्रको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच सात बुँदे सहमति भएको दिनकै बिहान महासचिव पोखरेलले उक्त चिन्ता सार्वजनिक गरेका हुन्।

कसैको नाम उल्लेख नगरी सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले लेखेका छन्, “भदौ २३ र २४ गते घटेका घटनाहरू नेपाललाई भूराजनीतिक द्वन्द्वको गोटी बनाएर युक्रेनजस्तै अस्थिर बनाउने योजनाको पहिलो चरण थिए। अब त्यही षड्यन्त्रको दोस्रो चरणको तयारी पनि अघि बढ्दैछ।”

उनले गत भदौ २३ गते नवयुवाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनलाई योजनाबद्ध रूपमा मुठभेडमा परिणत गरी केही युवाको ज्यान गएको टिप्पणी गरेका छन्। त्यसैको आडमा भदौ २४ गते देशको अस्मिता र सामर्थ्य कमजोर पार्ने उद्देश्यसहित राज्य र लोकतन्त्रका आधारभूत स्तम्भमाथि आक्रमण गरिएको उनको भनाइ छ। पोखरेलले ती विध्वंसकारी गतिविधिका योजनाकार र सञ्चालनकर्ताहरू क्रमशः सार्वजनिक हुँदै गएको उल्लेख गरेका छन्।

नयाँ राजनीतिक शक्तिहरू एकीकृत हुँदै गएको सन्दर्भमा महासचिव पोखरेलले पुराना शक्तिहरूबीच पनि एकता आवश्यक रहेको औंल्याएका छन्। उनले लेखेका छन्, “यस्तो संवेदनशील अवस्थामा संविधान र लोकतन्त्रको पक्षमा उभिएका देशभक्त शक्तिहरू सचेत र एकजुट हुनुपर्छ। नेपाल राष्ट्रलाई भूराजनीतिक द्वन्द्वको गोटी बन्न नदिन सबैले जिम्मेवार र सक्रिय भूमिका निर्वाह गर्न आवश्यक छ।”

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search