Skip to main content

Epost Nepal

समानुपातिक उम्मेदवारहरु टुंग्याउन रास्वपाको केन्द्रीय समिति बैठक सुरु

१३ पुस, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु भएको छ। आन्तरिक प्रतिस्पर्धा तथा प्राथमिक निर्वाचन प्रक्रियाबाट तयार भएको समानुपातिक उम्मेदवार सूचीलाई अन्तिम रूप दिन पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बसिरहेको हो।

यसअघि, गत पुस ११ गते रास्वपाले समानुपातिकतर्फका ३८७ जना आकांक्षी उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको थियो। उक्त प्रक्रियाका लागि कुल ४१४ जनाले आवेदन दिएका थिए, जसका लागि पार्टीले प्रतिव्यक्ति ५० हजार रुपैयाँ आवेदन शुल्क तोकेको थियो।

निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने समयसीमा सोमबारसम्म निर्धारण गरेको छ। आयोगको निर्देशिका अनुसार राजनीतिक दलहरूले समानुपातिक सूचीमा दलित १३.८ प्रतिशत, आदिवासी जनजाति २८.७ प्रतिशत, खस आर्य ३१.२ प्रतिशत, मधेशी १५.३ प्रतिशत, थारू ६.६ प्रतिशत र मुस्लिम ४.४ प्रतिशत समेट्नुपर्ने व्यवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *