११ पुस, काठमाडौं — सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सरकारले सबै प्रकारका अवरोध र जटिलता हटाउने प्रतिबद्धता जनाएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गुण्डुस्थित निवासमा करिब दुई घण्टा छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले निर्वाचन अनुकूल वातावरण निर्माण गर्न सरकार सक्रिय रूपमा अघि बढ्ने स्पष्ट पारे। निर्वाचनको मिति नजिकिँदै गर्दा पनि सरकारले आफ्नो दायरा नछोडेको भन्ने एमाले अध्यक्ष ओलीको अभिव्यक्तिबारे सञ्चारकर्मीले प्रश्न गर्दा, त्यसको जवाफ दिँदै प्रवक्ता खरेलले निर्वाचनलाई उत्सव र महायज्ञको संज्ञा दिए। उनले भने, “निर्वाचन एउटा महोत्सव हो, महायज्ञ हो। यस लक्ष्यतर्फ अघि…
११ पुस, काठमाडौं — नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा परराष्ट्र मन्त्री नियुक्त हुने भएका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई परराष्ट्र मन्त्रीमा नियुक्त गर्ने र आजै शपथ गराउने तयारी भइरहेको स्रोतले जनाएको छ। स्रोतका अनुसार, “उहाँको शपथ आजै हुने तय छ।” बालानन्द शर्मा माओवादी लडाकूलाई शान्ति प्रक्रियापछि नेपाली सेनामा समायोजन गर्ने विशेष समिति सचिवालयका संयोजकका रूपमा कार्यरत थिए। यसैगरी, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा कोभिड–१९ महामारीका बेला गठन गरिएको कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को जिम्मेवारी पनि उनले सम्हालेका थिए, जहाँ उनले सिइओको भूमिकामा काम गरेका थिए। पूर्वरथी शर्मा नेपालमा स्थापनाको चरणमा रहेको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय…
११ पुस, काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरूलाई सहभागी गराउँदै संयुक्त बैठक आह्वान गरेकी छन्। कार्कीले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेतृत्वलाई एकै ठाउँमा बस्ने गरी बैठक बोलाएकी हुन्, जसको आयोजना शनिबारका लागि तय गरिएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार, आगामी फागुन २१ गते निर्धारण गरिएको प्रतिनिधि सभा निर्वाचनको तयारीबारे छलफल गर्न बैठक बोलाइएको हो। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले आज बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर बैठकको निम्तो दिइसकेको र मध्याह्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेर निम्तो दिएको जानकारी दिइएको छ। उनका अनुसार,…
१० पुस, काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच छलफल जारी छ । बालेनका सल्लाहकार कुमार बेनको ललितपुरको कुपण्डोल ज्वागलस्थित घरमा उनीहरूबीच एक्लाएक्लै छलफल भइरहेको हो । उनीहरूबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको स्रोतको भनाइ छ । भित्र छलफल चलिरहँदा घरबाहिर जेन-जी अगुवा सुधन गुरुङलगायत उपस्थित छन् । सुधन जुनसुकै हालतमा पनि उनीहरू दुई जना मिल्नुपर्ने बताउँछन् । उनले भनेका छन्, 'जबसम्म उहाँहरू दुई जना मिल्नु हुँदैन, तबसम्म यो गेट खोलिँदैन । हामीले ताला लगाएर राखेका छौँ ।'
१० पुस, काठमाडौं — मोटरसाइकल दुर्घटनामा परेर कोशी प्रदेशका चर्चित क्रिकेटर मिनष थापाको निधन भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका–४ को भित्री सडक खण्डमा २७ वर्षीय थापाको ज्यान गएको हो । विराटनगर एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा उनले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल राति करिब पौने १ बजे अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि तत्काल कोशी अस्पताल लगिएको थियो । तर अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । थापा विराटनगर किङ्सबाट पोखरा प्रिमियर लिग खेलिसकेका खेलाडी हुन् । उनले कोशी प्रदेशबाट विभिन्न फ्रेन्चाइज लिगहरूमा समेत…
१० पुस, काठमाडौं — रास्वपा सभापति रवि लामिछानेसँग करिब ६ घण्टा लामो छलफलपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफ्नै राजनीतिक दल गठन गर्ने तयारी तीव्र पारेका छन् । रविसँग ठोस सहमति जुट्न नसकेपछि बालेनले आफ्नै नेतृत्वमा पार्टी बनाएर निर्वाचनमा जाने दिशामा गृहकार्य थालेका हुन् । सभापति लामिछानेको मुख्य उद्देश्य बालेनलाई रास्वपामै समेट्ने रहेको बुझाइ बनेपछि बालेनले कांग्रेस, एमालेसहित विभिन्न दलमा रहेका लोकप्रिय अनुहार तथा सामाजिक सञ्जाल र जनताबीच चिनिएका व्यक्तिहरूलाई साथमा लिएर अघि बढ्ने रणनीति बनाएका छन् । बालेनका स्वकीय सचिवालयका भूपदेव शाह, सुनिल लम्साललगायतले विभिन्न दलका चर्चित युवा नेताहरूसँग फोनमार्फत ‘एकपटक मेयरसँग भेटेर छलफल गरौँ’ भन्दै प्रस्ताव राखिरहेको बताइएको…
९ पुस काठमाडौं — सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म राजीनामा दिने विषयमा निर्णय गर्ने बताएका छन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उज्यालो नेपाल पार्टीका संरक्षकसमेत रहेका उनले मन्त्री पदबाट राजीनामा दिएर चुनावमा जाने संकेत गरेका हुन् । ‘मन्त्रीको हैसियतमा आएपछि राजनीतिमा इन्ट्री भएँ,’ उनले भने, ‘मन्त्रीको हैसियतले हाम्रो जिम्मेवारीलाई बहन गर्दै अघि बढेको पनि छु । जुनबेला चुनावमा जानेछौँ, उम्मेदवारीको विषयको समय आउँछ । त्यसबेला उपयुक्त समयमा आवश्यक निर्णय गर्छौँ ।’ वर्तमान सुशीला कार्की नेतृत्वको सरकार गैरदलीय भएको तर, कुलमान दलको व्यक्ति भएको भन्दै विभिन्न टिकाटिप्पणी भइरहेको छ ।
८ पुस, काठमाडौं — जेनजी आन्दोलनका बेला गृहमन्त्री रहेका रमेश लेखकले सरकारले गठन गरेको जाँचबुझ आयोगबाट बयानका लागि बोलाइएको पत्र आफूले अहिलेसम्म नपाएको बताएका छन्। “बयान दिन जानुहुन्छ कि हुन्न?” भन्ने प्रश्नमा लेखकले त्यस विषयमा कुनै निर्णय नलिएको प्रतिक्रिया दिए। जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले मंगलबार लेखकलाई बयानका लागि उपस्थित हुन अनुरोध गर्दै पत्र पठाएको थियो। आयोगका अध्यक्ष तथा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले लेखकलाई बोलाउने उद्देश्यले पत्र लेखिएको जानकारी दिए। भदौ २३ र २४ गते जेनजी आन्दोलन भइरहँदा लेखक गृहमन्त्रीको जिम्मेवारीमा थिए। आन्दोलनका क्रममा भएको मानवीय क्षतिप्रति तत्कालीन गृहमन्त्री भएकाले लेखक जवाफदेही हुनुपर्ने माग उठ्दै आएको छ। यसैबीच,…
८ पुस, काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन्। जेनजी आन्दोलनपछि तीनवटै दलका शीर्ष नेतृत्वसँग राष्ट्रपति र प्रधानमन्त्रीबीच भएको यो पहिलो भेटवार्ता हो। शीतलनिवासमा जारी छलफलमा पछिल्लो राजनीतिक अवस्थाका साथै आगामी फागुन २१ गते हुने निर्वाचनका विषयमा केन्द्रित भएर कुराकानी भइरहेको स्रोतले जनाएको छ।
७ पुस, काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। ओली महासचिव शंकर पोखरेललाई साथमा लिएर महाराजगञ्ज पुगेका हुन्, जहाँ भएको भेटमा देउवाकी पत्नी आरजु राणा देउवा पनि उपस्थित थिइन्। कांग्रेस सभापति देउवासँग भेट गर्न ओली महाराजगञ्ज पुगेका हुन्। यसअघि पनि मंसिर १० गते ओली पत्नी राधिका शाक्यसहित देउवालाई भेट्न गएका थिए। देउवा–ओली भेटपछि कांग्रेसका आठ जना पूर्वसांसदको तर्फबाट विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो। त्यसअघि नै एमाले सोही विषयमा रिट लिएर अदालत पुगेको थियो। भदौमा भएको जेनजी आन्दोलनयता देउवा र ओलीबीच यो दोस्रो भेट…