७ पुस, काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। ओली महासचिव शंकर पोखरेललाई साथमा लिएर महाराजगञ्ज पुगेका हुन्, जहाँ भएको भेटमा देउवाकी पत्नी आरजु राणा देउवा पनि उपस्थित थिइन्।
कांग्रेस सभापति देउवासँग भेट गर्न ओली महाराजगञ्ज पुगेका हुन्। यसअघि पनि मंसिर १० गते ओली पत्नी राधिका शाक्यसहित देउवालाई भेट्न गएका थिए।
देउवा–ओली भेटपछि कांग्रेसका आठ जना पूर्वसांसदको तर्फबाट विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो। त्यसअघि नै एमाले सोही विषयमा रिट लिएर अदालत पुगेको थियो।
भदौमा भएको जेनजी आन्दोलनयता देउवा र ओलीबीच यो दोस्रो भेट हो।



