Epost Nepal

बालेनको नयाँ राजनीतिक होमवर्क, आफ्नै पार्टी बनाउने दिशामा कुपण्डोलमा मध्यरातसम्म छलफल

१० पुस, काठमाडौं — रास्वपा सभापति रवि लामिछानेसँग करिब ६ घण्टा लामो छलफलपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफ्नै राजनीतिक दल गठन गर्ने तयारी तीव्र पारेका छन् । रविसँग ठोस सहमति जुट्न नसकेपछि बालेनले आफ्नै नेतृत्वमा पार्टी बनाएर निर्वाचनमा जाने दिशामा गृहकार्य थालेका हुन् ।

सभापति लामिछानेको मुख्य उद्देश्य बालेनलाई रास्वपामै समेट्ने रहेको बुझाइ बनेपछि बालेनले कांग्रेस, एमालेसहित विभिन्न दलमा रहेका लोकप्रिय अनुहार तथा सामाजिक सञ्जाल र जनताबीच चिनिएका व्यक्तिहरूलाई साथमा लिएर अघि बढ्ने रणनीति बनाएका छन् ।

बालेनका स्वकीय सचिवालयका भूपदेव शाह, सुनिल लम्साललगायतले विभिन्न दलका चर्चित युवा नेताहरूसँग फोनमार्फत ‘एकपटक मेयरसँग भेटेर छलफल गरौँ’ भन्दै प्रस्ताव राखिरहेको बताइएको छ ।

बालेनको टोलीले बुधबार दिनभर विभिन्न व्यक्तिहरूसँग संवाद गरेको थियो र यो प्रक्रिया आज पनि निरन्तर रहेको छ । लौरो चिन्हबाट चुनाव लड्ने तयारीसहित समानुपातिकतर्फका सम्भावित उम्मेदवारको सूची संकलन भइरहेको बालेननिकट स्रोतले जनाएको छ ।

यस क्रममा बालेनले जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरी, कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहिया र विवेकशील साझाका मिलन पाण्डेलगायतसँग पनि छलफल गरेका छन् ।

विभिन्न समुदायभित्र उद्यम, सामाजिक सेवा वा सार्वजनिक छविबाट स्थापित केही पपुलिस्ट व्यक्तिहरूलाई समेट्ने सूची बनाउने काम जारी रहेको छ । देशव्यापी रूपमा बालेनको प्रभाव रहेकाले रवि लामिछानेभन्दा आफ्नै नाममा बढी मत आउने अनुमान उनका सहयोगीहरूको छ ।

यसबीच बालेनले राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीदेखि रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलासम्मसँग भेटघाट गरेका छन् । रवि लामिछानेसँग मिलेर एउटै पार्टीमा जाने सम्भावना पूर्ण रूपमा टुंगिएको छैन, तर अन्तिम निष्कर्ष आउन बाँकी रहेको उनका सहयोगीहरूले बताएका छन् । सामाजिक सञ्जालमा सक्रिय पूर्वसचिव भीम उपाध्यायदेखि कलाकार निश्चल बस्नेतसम्म बालेनको भेलामा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search