Skip to main content

Epost Nepal

एमालेमा प्रतिनिधि छनोट विवाद : च्यासलमा कार्यकर्ताबीच झडप

१९ मंसिर, काठमाडौं − नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार पार्टीका कार्यकर्ताबीच एकअर्कामाथि हात हालाहालसम्म पुग्ने तनावपूर्ण स्थिति उत्पन्न भयो।

आदिवासी जनजाति लोकतान्त्रिक महासंघका केही सदस्य महाधिवेशन प्रतिनिधि छनोटप्रति असन्तुष्टि व्यक्त गर्न दिउँसो च्यासलस्थित केन्द्रीय कार्यालय पुगेका थिए। उनीहरूले संगठन विभाग प्रमुख काशीनाथ अधिकारी र स्थायी कमिटी सदस्य भानुभक्त ढकालसँग भेटेर आफ्ना गुनासो सुनाइरहेका बेला अर्को समूहसँग झडप भएको हो।

एमालेको महाधिवेशन उद्घाटन मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा तय गरिएको छ र देशभरबाट प्रतिनिधि छनोट प्रक्रिया सकिएको छ। त्यसै प्रक्रियामा लोकतान्त्रिक विधि पूरा नभएको भन्दै असन्तुष्ट महासंघका नेताहरू च्यासल पुगेका थिए। भेटका क्रममा उनीहरूले डेढ वर्षसम्म प्रक्रिया मिलाइएन भन्दै कडा आवाजमा आपत्ति व्यक्त गरेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *