Skip to main content

Epost Nepal

सबै पक्षको सहमतिमा संविधान संशोधन गर्नुपर्नेमा उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको जोड

२० पुस, महोत्तरी – उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सबै पक्षको सहमतिमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेसका नेता सिंहले शनिबार बर्दिबासमा पार्टी कार्यकर्तासँगको भेटमा वर्तमान सरकार संविधान संशोधन गर्ने सहमतिका साथ गठन भएको उल्लेख गरे । संसद्‌मा प्रतिनिधित्व गर्ने सबै दलसँग संविधान संशोधनका बारेमा पर्याप्त छलफल र गृहकार्य गर्नुपर्नेमा उनले जोड दिए ।

उपप्रधानमन्त्री सिंहले स्थिर सरकारले नै मुलुकलाई विकास निर्माणको मार्गमा अग्रसर हुन योगदान गर्ने बताए । “यो सरकार प्रतिनिधिसभाको अर्को निर्वाचनसम्म रहनेछ,” उनले भने, “वर्तमान सरकार बनेयता आमजनमानसमा अब बीचमा सरकार ढाल्ने र बन्ने खेल नहुने आस जागेको छ ।”

साथै, उनले पार्टी कार्यकर्तालाई ऊर्जावान् भएर संगठन विस्तारमा लाग्न आग्रह गरे । -रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *