Skip to main content

Epost Nepal

क्लिन चिटको परिभाषा बदलिएको हो ?: नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि

५ असोज, काठमाडौं – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सहकारी बचत अपचलन सम्बन्धमा छानबिन गर्न बनेको समितिको प्रतिवेदनअनुसार कारबाही प्रक्रिया अघि बढ्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कांग्रेस जिल्ला कार्यसमितिको बैठक तथा समसामयिक विषयमा छलफल कार्यक्रममा निधिले सहकारी प्रकरणमा विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दोषी ठहर गरेकोमा सरकारले कारबाही प्रक्रिया अघि बढाउने बताएका हुन् ।

रास्वपाकै कतिपय नेताहरूले दोषी ठहर गरेका लामिछानेलाई क्लिन चिट दिएको भनेर भ्रम फिजाउन खोजेको उनले बताए।

‘के क्लिन चिटको परिभाषा बदलिएको हो ? त्यसो हो भने क्लिनचिटको परिभाषा बदल्नुपर्‍यो,’ उनले भने ।

रास्वपाका नेताहरूले सहकारीको रकम अनियमिततका सम्बन्धमा चेक काट्नेलाई हत्कडी लगाउन नहुने भनेको पनि निधिले बताए ।

´त्यसो भए के घाँस काट्नेलाई हत्कडी लगाउने त?,’ उनले प्रश्न गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *