Skip to main content

Epost Nepal

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असर पर्ने गरी संविधान संशोधन हुँदैन: गगन थापा

२७ असार, काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन नहुने बताएका छन्।

विराटनगर विमानस्थलमा बिहीबार पत्रकारहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असर पर्ने गरी संविधान संशोधन नहुने बताए।

‘दश वर्षको अवधिमा संविधान कार्यान्वयन गर्दै जाने क्रममा देखिएका त्रुटिलाई सच्याउन सबै राजनीतिक दलको साथ र समर्थन आवश्यक पर्छ’, थापाले भने।

महामन्त्री थापाले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र कांग्रेसका शीर्ष नेताबीच भएको ७ बुँदे समझदारी पालना गरिने बताए। पहिलो चरणमा एमालेकै नेतृत्वमा सरकार बन्ने उनको भनाइ थियो।

महामन्त्री थापाले सात बुँदे समझदारीबारे पार्टीको कार्यसम्पादन समितिमा बृहत् छलफल भएको र यसलाई पार्टीले स्वीकार गरेको उल्लेख गर्दै लिखित समझदारीलाई कसैले पनि हलुका रुपमा लिन नहुने बताए।- रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *