Skip to main content

Epost Nepal

जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वास मत नदिने

२७ असार, काठमाडौं – सिके राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वास मत नदिने भएको छ।

पार्टीको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वास मत नदिने निर्णय गरेको सांसद अब्दुल खानले जानकारी दिए। प्रतिनिधि सभामा जनमत पार्टीका ६ जना सांसद छन्।

प्रधानमन्त्री दाहालले शुक्रबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा विश्वास मतको प्रस्ताव पेस गर्दैछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *