Skip to main content

Epost Nepal

उन्मुक्ति पार्टीले संसदीय दलको नेताबाट हटायो रन्जिता श्रेष्ठलाई

१७ असार, काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले संसदीय दलको नेताबाट रन्जिता श्रेष्ठलाई हटाएको छ ।

आइतबार बसेको पार्टीको संसदीय दलको सचिवालय बैठकले बहुमत सदस्यको उपस्थितिमा श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएको हो ।

बैठकले गंगाराम चौधरी डगौंरालाई संसदीय दलको नेताको जिम्मेवारी दिएको छ । प्रमुख सचेतक लालवीर चौधरीलाई बनाइएको छ ।

रञ्जितालाई दलको नेताबाट हटाउने निर्णयमा गंगाराम चौधरी डगौरा, अरूणकुमार चौधरी र लालवीर चौधरीले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *