Skip to main content

Epost Nepal

नेकपा एस को दशौं महाधिवशेनमा १ हजार ८ सय ७८ प्रतिनिधि सहभागी हुने

३२ जेठ, काठमाडौं – नेकपा एकीकृत समाजवादी (नेकपा एस) को दशौं महाधिवशेनमा १ हजार ८ सय ७८ प्रतिनिधि सहभागी हुने भएका छन् ।

केन्द्रीय सचिवालयको शुक्रबारको बैठकले असार १६ देखि २० मा हुने महाधविशेनका लागि जिल्ला, प्रदेश, प्रवास, जनसंगठनबाट प्रतिनिधिको संख्या र निर्देशिका पारित गरी संख्या विधि तय गरेको हो ।

अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तर पार्टी निर्देशनमा ४२५ महिला, १५० दलित र खुला  १ हजार ३ सय ३ गरी १ हजार ८ सय ७८ प्रतिनिधि रहने उल्लेख छ ।

जसअनुसार भूगोलका संघीय निर्वाचन क्षेत्र  १ हजार १ सय ५७, उपत्यका प्रदेशका जिल्ला कमिटीका कार्यक्षेत्र  २३, प्रदेश सम्पर्क कमिटी क्षेत्र २२, भारतप्रबास क्षेत्र  ८, अन्य प्रवास क्षेत्र  १५, केन्द्रीय सल्लाहाकार परिषद्  ५, केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च  ५, विभिन्न महासङ्घहरू ८५, जनसङ्गठनहरू ५६, केन्द्रीय कमिटीबाट ३४६, केन्द्रीय आयोगहरूबाट  १०४, केन्द्रीय विभाग र केन्द्रीय कार्यालयबाट ३२ र १३ मजदुर विशेष र आरक्षण  २० प्रतिनिधिले महाधिवेशनमा सहभागी हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *