Skip to main content

Epost Nepal

सुरक्षण मुद्रण भ्रष्टाचार प्रकरणमा विकल पौडेल दोषी ठहर: दुई वर्ष कैद, २५ करोड विगो र त्यति नै जरिवाना भराउने फैसला

८ जेठ, काठमाडौं  – सुरक्षण मुद्रण प्रकरणमा तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार आरोपमा दोषी ठहर भएका छन् ।

विशेष अदालतले मंगलबार पौडेललाई दुई वर्ष कैद सजाय, २५ करोड विगो र त्यति नै जरिवाना भराउने फैसला गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले यस्तो फैसला गरेको हो।

सुरक्षण प्रेसको सफ्टवेयर तथा अन्य उपकरण खरिदको लागि बोलपत्र आह्वान गर्दा सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानुन विपरित केही सीमित व्यक्ति विशेष वा कम्पनीसँग मिलेर सरकारको सम्पत्ति गैरकानुनी तवरले हानिनोक्सानी गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले पौडेलसहित छ जनाविरुद्ध ४० करोड ८५ लाख ७४ हजार ७४० रुपैयाँ विगोसहित मुद्दा दायर गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *