Skip to main content

Epost Nepal

गाउँ किन रित्तिँदैछ भन्ने कुरामा चिन्ता केन्द्रित गर्नुपर्दछ: राष्ट्रपति रामचन्द्र पौडेल

१० पौष, काठमाण्डौं – राष्ट्रपति रामचन्द्र पौडेलले गाउँ किन रित्तिँदैछ भन्ने कुराको चिन्ता गरेर यस समस्याको समाधान खोज्न आग्रह गरेका छन्।

काठमाडौंको सरस्वती क्याम्पसको वार्षीकोत्सवमा मंगलबार आयोजित कार्यक्रममा पौडेलले भने, ‘नीति निर्माण र शासनसत्तामा बस्नेलगायत सबैको चिन्ता यसैमा केन्द्रित हुनुपर्छ।’

‘मुलुकमा शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युतीकरणको क्षेत्रमा भएको विकासका बावजुद त्यसको उपभोग गर्ने मानिसको अभावमा आज गाउँ किन रित्तिँदैछ?,’

शिक्षा र रोजगारीका लागि दैनिक हजारौं नेपाली युवाहरु विदेश जाने क्रम बढेको भन्दै उनले स्वदेशमै रोजगारीको सिर्जना हुनुपर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *