Skip to main content

Epost Nepal

कर्म !


————————–
## रबी पौडेल ,पाण्डेचरि ।

उडेर गएको पात फर्की आएन
उसको निश्चित गन्तव्य थिएन।।

चरी पनि प्वाँख हल्लाउँदै उडेको थियो
चारो नपाउँदै सिकारी ले चुँडी दियो ।।

बर्खाको भेल खोला मा मिसियो
बगर भरियो रुट पनि मोडियो ।।

जीवन बगेको पानी जस्तै जस्तै हो
कहाँ पुगिन्छ र सुक्छ थाहा नभएको हो ।।

केही गराई भन्नेहरू भन्दा खुट्टा तान्ने हरू छन्
अरूको रिस भन्दा बिगार्ने आफन्त छन्।।

उन्नति र प्रगति बोलाएर   आउँदैन
चौतारी चिन्न त तन मन र धन चाहिन्छ ।।

जस्तो कर्म उस्तै फल भन्छन् मानिसहरू
गरिब हुनु पाप होइन बनाउने पापीहरू ।।

मिति :०७/११/२०२३

Leave a Reply

Your email address will not be published. Required fields are marked *