Epost Nepal

युरोपमा गर्मीको प्रकोप, अतिरिक्त १ हजार ३०० मृत्यु

१५ असार, काठमाडौं — विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाभन्दा बढीको मृत्यु भएको जनाएको छ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समार्फत २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको जानकारी दिएका हुन्।

गर्मी मौसमको सुरुआतमै देखिएको अभूतपूर्व तातो लहरले युरोपको जनजीवन प्रभावित भएको छ। आइतबार पनि विभिन्न युरोपेली देशमा तापक्रमका नयाँ कीर्तिमान कायम भएका छन्। बीबीसीका अनुसार जर्मनी, पोल्यान्ड र चेक गणतन्त्रमा तापक्रमले नयाँ रेकर्ड बनाएको छ भने भीषण गर्मीको लहर पूर्वी युरोपतर्फ फैलिँदै गएको छ।

महानिर्देशक गेब्रेयससले गर्मीका कारण हुने शारीरिक तनावलाई प्रायः ‘मौन हत्यारा’ (साइलेन्ट किलर) का रूपमा चिनिने उल्लेख गर्दै युरोपका घर, कार्यालय र विद्यालयहरू यस्ता चरम तापक्रम सामना गर्न पर्याप्त रूपमा तयार नभएको बताएका छन्।

उनका अनुसार युरोप पृथ्वीमा सबैभन्दा तीव्र रूपमा तातिरहेको महादेश हो। त्यहाँ तापक्रम वृद्धि विश्वव्यापी औसतको तुलनामा करिब दोब्बर गतिमा भइरहेको छ।

यता, फ्रान्सको राष्ट्रिय स्वास्थ्य मन्त्रालयले बुधबारदेखि हालसम्म देशभर अपेक्षाभन्दा करिब १ हजार बढी मृत्यु भएको जनाएको छ।

मन्त्रालयका अनुसार अतिरिक्त मृत्यु हुनेमध्ये अधिकांश ६५ वर्ष वा सोभन्दा माथिका उमेर समूहका छन्। साथै, घरमै हुने मृत्युको संख्या पनि करिब ४० प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

युक्रेनको ड्रोन प्रहारले रूसको इन्धन पूर्वाधार प्रभावित

युक्रेनको ड्रोन प्रहारले रूसको इन्धन पूर्वाधार प्रभावित

१५ असार, काठमाडौं — रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको लामो दूरीको ड्रोन आक्रमणका कारण रूसमा इन्धन अभावको समस्या देखिएको ...
युरोपमा गर्मीको प्रकोप, अतिरिक्त १ हजार ३०० मृत्यु

युरोपमा गर्मीको प्रकोप, अतिरिक्त १ हजार ३०० मृत्यु

१५ असार, काठमाडौं — विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाभन्दा बढीको मृत्यु भएको ...
अर्थमन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरण विधेयक प्रतिनिधिसभामा पेस गरे

अर्थमन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरण विधेयक प्रतिनिधिसभामा पेस गरे

१४ असार, काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ प्...
विश्व बजारको मागले गुल्मीमा कफी खेती विस्तारलाई टेवा

विश्व बजारको मागले गुल्मीमा कफी खेती विस्तारलाई टेवा

१४ असार, काठमाडौं — नेपालमा कफी खेतीको उद्गमस्थल मानिने गुल्मीमा पछिल्ला वर्षहरूमा व्यावसायिक कफी खेती तीव्र रूपमा विस्तार हुँदै ग...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search