Epost Nepal

नेपालको १३४ मुलुकसँग व्यापार घाटा, सबैभन्दा बढी भारत र चीनसँग

७ असार, काठमाडौं – भन्सार विभागका अनुसार नेपालको १३४ मुलुकसँग व्यापार घाटा रहेको छ । सबैभन्दा बढी व्यापार घाटा भारत र चीनसँग रहेको विभागले जनाएको छ ।

विभागका अनुसार भारतसँग ८ अर्ब १३ करोड ७८ लाख रुपैयाँले व्यापार घाटा छ । भारतबाट ९ खर्ब ८ अर्ब २९ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा ९४ अर्ब ५१ करोड ६२ लाख रुपैयाँ बराबरको वस्तु नेपालले निर्यात गरेको विभागले जनाएको छ । विभागका अनुसार चीनसँग २ खर्ब ७० अर्ब ४० करोड रुपैयाँले व्यापार घाटा छ ।

चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म चीनबाट २ खर्ब ७२ अर्ब ८१ करोड रुपैयाँ वस्तु आयात हुँदा नेपालबाट २ अर्ब ४० करोड ९८ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरिएको छ ।

नेपालको  युएईसँग २६ अर्ब ५ करोड ४२ लाख रुपैयाँ व्यापार घाटा छ । युएईबाट २८ अर्ब ४८ करोड २५ लाख रुपैयाँ बराबरको वस्तु आयात गर्दा नेपालले २ अर्ब ४२ करोड ८३ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ ।

भारत, चीन, युएई, युक्रेन, मलेसिया, अस्ट्रेलिया, अर्जेन्टिना, फ्रान्स, इन्डोनेसिया, साउदी अरब, कोरिया, थाइल्याण्ड, क्यानडा, सिंगापुर, ताइवान, ओमान, भियतनाम, जापानलगायत मुलुकसँग व्यापार घाटा छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search