Epost Nepal

जलन रोगको उपचारका लागि पनि एक लाख आर्थिक सहयोग उपलब्ध गराउने स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको घोषणा

२८ भदौ, काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलन रोगको उपचारका लागि एक लाख आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् ।

शुक्रबार काठमाडौंको वीर अस्पतालमा डा. केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ गर्दै मन्त्री पौडेलले जलन उपचारका लागि पनि तत्काल एक लाख आर्थिक सहयोग सरकारले उपलब्ध गराउने व्यवस्था गर्ने बताए ।

सरकारले क्यान्सर, किड्नीलगायतका प्राणघातक रोगका बिरामीलाई उपचारका लागि एक लाख आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । अब जलनका बिरामीलाई पनि त्यो व्यवस्था तत्काल उपलब्ध गराउने मन्त्री पौडेलको प्रतिबद्धता थियो ।

उनले उपचारको अभावमा जलन रोगीहरुको ज्यान जाने गरेकाले सरकारले त्यस्ता रोगीहरुको उपचारका लागि वीर अस्पतालमा जलन रोगको उपचार केन्द्र स्थापना गरेको बताए।

मन्त्री पौडेलले जलन रोगीको उपचारमा पनि आर्थिक सहायता दिनका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरिसकेको समेत जानकारी दिए ।

उनले भने, ‘आम नागरिकले जलन उपचारका निम्ति सुविधा पाउने एउटा स्थिति वीर अस्पतालमा बनेको छ । खासगरी बाहिरबाट हेर्दा जलन उपचार नपाएर, उपचार गर्न नसकेर मृत्यु हुनेहरु पनि थुप्रै हुनुहुन्छ । जीवनभर शारीरिक अपांगता व्यहोर्नुपर्नेहरु पनि थुप्रै हुनुहुन्छ । यो एउटा एक्सिडेन्टल समस्या हो । यो जानेर हुने कुरा होइन । त्यसकारण यसको उपचारलाई प्राथमिकतामा राखिनुपर्छ भनेर हामीले मन्त्रालय सम्हालेदेखिनै ८ वटा रोगमा राज्यले जुन सुविधा दिएको छ । योसमेत ९ वटा रोगका लागि उपचार सुविधा दिनेगरी तयारी भइरहेको छ । आज वीर अस्पतालमा वर्न वार्डमा डेडिकेटेड ट्रिटमेन्ट सेन्टर बनेको छ । अब यो भएपछि म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु कि जलन उपचारमा सहायता हुने गरी सरकारकोतर्फबाट एक लाख रुपैयाँ दिने व्यवस्था हामी तत्काल मिलाउनेछौँ ।’

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search