Epost Nepal

जनशक्तिको व्यवस्थापन गरेर चाँडै नै दुर्गम ठाउँका स्वास्थ्य संस्थालाई सञ्चालनमा ल्याउँछौं: स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल

१५ साउन, काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सामाजिक सुरक्षा अन्तर्गत अझै सञ्चालन हुन नसकेका कारणले केही परिमार्जन आवश्यक रहेको बताएका छन् ।

मंगलबार पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य बीमामा रहेको समस्यालाई हल गर्नका लागि केही नीति, नियमलाई परिमार्जन गर्नुपर्ने बताए ।

‘स्वास्थ्य बीमा आवश्यक छ । तर यो अवस्थाको होइन । यसलाई एकदमै प्रभावकारी बनाउन जरूरी छ,’ मन्त्री पौडेलले भने, ‘पहिला बीमाको स्रोत सुनिश्चित गर्नुपर्छ । सामाजिक सुरक्षा अन्तर्गत लैजानुपर्छ ।’

समाजिक सुरक्षा अन्तर्गत बीमाको मोडल अगाडि बढाएकाले त्यसको दायित्व सरकारले पूर्ण रुपमा लिनुपर्ने उनको जिकिर छ । अब औपचारिक र अनौपचारिक क्षेत्रका कर्मचारीलाई अनिवार्य रुपमा बीमामा जोड्न जरूरी भएको मन्त्री पौडेलले बताए ।

त्यसैगरी जनशक्ति अभावमा सञ्चालन हुन नसकेका स्वास्थ्य संस्थालाई प्राथमिकतामा राखेर मन्त्रालयले काम गरिहेको उनले बताए ।

मन्त्री पौडेलका अनुसार आर्थिक रुपले निर्माण हुन नसकेका पूर्वाधार र जनशक्ति विना नै सञ्चालन हुन नसकेका पूर्वाधारलाई छिटो सञ्चालनमा ल्याउने मन्त्रालयको योजना छ ।

‘स्वास्थ्य क्षेत्रमा धेरै पूर्वाधार बनिसकेका रहेछन् । तर कतिपय खण्डहर भएर बसेका स्वास्थ्य संस्थालाई प्रयोगमा ल्याउन सकेका छैनौं,’ मन्त्री पौडेलले भने, ‘अब जनशक्तिको व्यवस्थापन गरेर चाँडै नै दुर्गम ठाउँका स्वास्थ्य संस्थालाई सञ्चालनमा ल्याउँछौं ।’

त्यसैगरी प्रतिष्ठानलाई व्यवस्थित गर्नुपर्ने उनले बताए । ‘प्रतिष्ठान भएका जनशक्तिलाई स्वास्थ्य सेवा प्रवाह गर्नका लागि अधिकतम् उपयोग गर्नुपर्छ,’ मन्त्री पौडेलले भने, ‘चिकित्सा शिक्षा अध्ययन गरिरहेका विद्यार्थीबाट सेवा लिन कार्यविधि बनाएर अगाडि जाने योजना रहेको छ ।’

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search