Epost Nepal

कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीसहित ९ जनालाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

२७ कात्तिक, काठमाडौं – मानव तस्करी गरेको आरोपमा पक्राउ परेका नेकपा (एमाले) कोशीका सांसदसमेत रहेका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीसहित ९ जनालाई थप ७ दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो । यसअघि दुई  दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो ।

जापानमा हुने इन्टरनेसनल कन्फेरेन्स अन ओपन एक्सेस टु कल्चर २०२४ को सात दिने कार्यक्रममा सहभागी हुन कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका लिलाबल्लभ अधिकारीसहित चार जना कात्तिक ११ गते गएका थिए । उनीसँगै गएका जनक राई, दावा शेर्पा र कञ्चन देवकोटालाई जापानको अध्यागमनले डिपोर्ट गरेको थियो ।

नेपालको अध्यागमन विभागले उनीहरूमाथि अनुसन्धान गर्न भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पठाएको थियो । त्यसपछि थप तीन जना, महेश पाण्डे, जुगल रिजाल र वीरबहादुर सुनुवारलाई पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको थियो । त्यसपछि मन्त्री रहेका अधिकारीले पत्रकार सम्मेलन गरी पदबाट राजीनामा गरेका थिए ।

परिसरले सुरूमा यसको अनुसन्धान कीर्ते कसुरमा अघि बढाएको थियो । तर पूर्वमन्त्री एवं कोशी प्रदेश सांसदसमेत रहेका अधिकारी पक्राउ परेसँगै मानव बेचबिखन तथा ओसारपसार कसुरमा पनि अनुसन्धान अघि बढाएको हो ।

प्रहरीले सोमबार साँझमात्रै गुडी राई र नवीन राईलाई पक्राउ गरेको थियो। उनीहरूले नक्कली परिचय पत्र बनाउन सहयोग गरेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search