Epost Nepal

कसैले अर्काको ढोकामा फोहोर फ्याँकिदिन्छ, यो गलत गर्‍यो भनेर कसैले भन्न सक्दैन : केपी शर्मा ओली

१९ जेठ, काठमाडौं – सत्तारूढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तानाशाही प्रवृत्ति देखाएको बताएका छन् ।

काठमाडौं महानगरपालिकाले हालै सडक विभाग र काठमाडौं डिभिजन सडक कार्यालयको गेट अगाडि फोहोर थुपारिदिएको घटनालाई लिएर ओलीले तानाशाही प्रवृत्ति देखाएको टिप्पणी गरेका हुन् ।

पार्टी निकट राष्ट्रिय युवा संघ,  नेपालले शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले बालेन र काठमाडौं महानगरपालिकाको नाम त लिएनन् तर घरअगाडि फोहोर फालेको प्रसंग निकालेर त्यस्तो प्रवृत्ति तानाशाही भएको बताए ।

‘मलाइ छिमेकीसँग अलिकति चित्त बुझेन रिस उठ्यो भने घरको फोहोर–सोहोर जम्मा गरेर उसका ढोकामा फ्याँकिदिने ? यो कुनै सभ्यता हो ?’ ओलीले प्रश्न गरे ।

महत्वपूर्ण पदमा बसेको व्यक्तिले त्यस्तो व्यवहार गर्नु उचित नहुने भन्दै उनले त्यसको विरोध गर्न डराउन नहुने बताए ।

‘यो महत्वपूर्ण पोस्टमा बस्ने मान्छेले गर्न मिल्ने ब्यवहार होइन, त्यत्ति पनि भन्न सकिँदैन, लाचारीबाट फाइदा लिएर एउटा एनार्किजमको बोलवाला भइरहेको छ, हामीले हाम्रो समाजलाई एनार्किस्ट बनाउन खोजेको होइन, डेमोक्रेटिक बनाउन खोजेको हो’, ओलीले भने ।

यस्तो प्रवृत्तिको पनि कसैले विरोध गर्न नसकेको भन्दै उनले असन्तुष्टि जनाए । ‘म छक्क पर्छु, कत्ति साह्रो कमजोर प्रवृत्ति भएको होला मान्छेलाई ? कसैले अर्काको ढोकामा फोहोर फ्याँकिदिन्छ, यो गलत गर्‍यो भनेर कसैले भन्न सक्दैन ।’

अरुका घरअगाडि फोहोर थुपार्दा पनि एउटा भजन मण्डलीले वाहवाही गरिरहेको भन्दै ओलीले यस्ता प्रवृत्तिको विरोध गर्न आग्रह गरे ।

‘उनीहरुको एउटा मण्डली हुन्छ, त्यो मण्डलीले वाह जन्मिएछ एउटा बहादुर क्याबात लेख्छ, अनि अरु चुप लागेर झोक्राएर बस्छन् । यत्ति पनि सत्य भन्न सकिँदैन यो त सभ्य तरिका भएन, यो आधुनिक सभ्य समाजलाई सुहाउँदो तरिका भएन ।’

कसैले गलत काम गर्छ भने त्यसलाई सम्झाउनुपर्ने भन्दै ओलीले युवाहरुले गलत कामको विरोध गर्न सक्नुपर्ने बताए ।

‘यो हामीले बाँच्नुपर्ने समाज हो । हामीले सास फेर्ने समाज हो । हामीले सास फेर्ने समाज कस्तो हुनुपर्छ भनेर भन्ने हामीलाई अधिकार छ, हाम्रो कर्तव्य पनि हो’, उनले भने ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search