Skip to main content

Epost Nepal

अडियो र रेकर्डिङमा समस्या देखिएपछि बैठक स्थगित

१८ असार, काठमाडौं — प्राविधिक समस्याका कारण राष्ट्रिय सभाको बैठक स्थगित गरिएको छ।

संसद् सचिवालयका अनुसार बैठक सञ्चालनका क्रममा देखिएको प्राविधिक समस्याका कारण बैठक स्थगित गर्नुपरेको हो।

बैठक करिब १७ मिनेटसम्म चलेको थियो। यस अवधिमा केही सांसदहरूले आफ्ना धारणा राखे पनि प्रत्यक्ष प्रसारणमा अडियो नआएको समस्या देखिएको थियो।

अडियो प्रसारण नहुँदा बैठकको आधिकारिक रेकर्डिङमा समेत समस्या उत्पन्न भएपछि बैठक स्थगित गरिएको सचिवालयले जनाएको छ।

प्राविधिक समस्या समाधान भएपछि बैठक पुनः सञ्चालन गरिने जानकारी पनि दिइएको छ।

आजको बैठकमा राष्ट्रिय सभाका सचिव तुलबहादुर कंडेलले प्रतिनिधिसभाबाट पारित भई आएका अध्यादेश प्रतिस्थापन विधेयकलगायत विभिन्न विधेयकसम्बन्धी सन्देश टेबुल गर्ने कार्यसूची रहेको छ।

प्रतिनिधिसभाले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, सहकारी (पहिलो संशोधन) विधेयक तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित गरी राष्ट्रिय सभामा पठाएको छ।

यसका अतिरिक्त राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ माथिको छलफल पनि आजको कार्यसूचीमा रहेको छ।

विनियोजन विधेयकअन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा वातावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका बजेट शीर्षकमाथि समूहीकृत छलफल गर्ने कार्यसूची छ।

त्यसैगरी परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा राष्ट्रिय योजना आयोगको सचिवालयका विनियोजन शीर्षकमाथि पनि समूहीकृत छलफल गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अडियो र रेकर्डिङमा समस्या देखिएपछि बैठक स्थगित

अडियो र रेकर्डिङमा समस्या देखिएपछि बैठक स्थगित

१८ असार, काठमाडौं — प्राविधिक समस्याका कारण राष्ट्रिय सभाको बैठक स्थगित गरिएको छ। संसद् सचिवालयका अनुसार बैठक सञ्चालनका क्रममा दे...
राष्ट्रिय सदाचार र विज्ञापन नीति स्वीकृत, विभिन्न पदमा नियुक्ति

राष्ट्रिय सदाचार र विज्ञापन नीति स्वीकृत, विभिन्न पदमा नियुक्ति

१८ असार, काठमाडौं — मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विभिन्न नीतिगत तथा प्रशासनिक निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा...
ग्रे लिस्टबाट निस्कन कानुनको दुरुपयोग रोक्नुपर्छ : अर्थमन्त्री वाग्ले

ग्रे लिस्टबाट निस्कन कानुनको दुरुपयोग रोक्नुपर्छ : अर्थमन्त्री वाग्ले

१८ असार, काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विगतका सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनलाई राजनीतिक उद्देश्यका लागि ...
इन्टरनेट समस्याबीच प्रतिनिधिसभामा चार विधेयक पारित गर्ने तयारी

इन्टरनेट समस्याबीच प्रतिनिधिसभामा चार विधेयक पारित गर्ने तयारी

१८ असार, काठमाडौं — संसद्मा इन्टरनेट सेवा अवरुद्ध भएपछि प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण हुन सकेको छैन। इन्टरनेटमा समस्या आए...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search