Epost Nepal

गोवाको नाइट क्लब आगलागीमा ४ नेपालीको ज्यान गयो

२२ मंसिर, काठमाडौं — भारतको गोवाको अरपोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा शनिबार मध्यरात लागेको आगलागीमा चार नेपालीसहित २५ जनाको मृत्यु भएको खुलासा भएको छ। घटनामा ६ जना घाइते भएका छन्।
मृत्यु हुनेमध्ये २० जना क्लबका कर्मचारी रहेको र तीमध्ये चार जना नेपाली नागरिक भएको विवरण गोवा सरकारले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

हिन्दुस्तान टाइम्सका अनुसार आगलागीमा ज्यान गुमाउने नेपालीहरूमा चुर्णबहादुर पुन, विवेक कटवाल, सविन र सुदीप रहेका छन्। उनीहरू नेपालका नागरिक भए पनि ठेगाना खुलाइएको छैन। गोवा सरकारले शव नेपाल पठाउने व्यवस्था मिलाइने जनाएको छ।

अधिकारीहरूको भनाइअनुसार क्लबमा नाचगान भइरहेको बेला इलेक्ट्रोनिक फायरक्राकर चलाउँदा आगो लागेको हो। साँघुरा बाटोका कारण दमकल समयमै पुग्न नसक्दा आगो नियन्त्रण गाह्रो भएको थियो।

नाइट क्लबमा धेरैजसो मानिस भुइँतला र भान्सातिरै फसेर ज्यान गुमाएको पाइएको छ। केहीको जलेर र केहीको धुँवाले निसासिएर मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

प्रारम्भिक अनुसन्धानले क्लब आवश्यक सुरक्षा मापदण्ड नपुर्याई अवैध रूपमा सञ्चालन भइरहेको तथ्य फेला पारेको छ।

गोवा प्रहरीले क्लबका महाप्रबन्धक र कर्मचारीसहित चार जनालाई पक्राउ गरेको छ। मालिक सौरभ लुथरा र गौरव लुथराविरुद्ध मुद्दा दर्ता गरिएको छ। साथै, नियम विपरीत क्लब सञ्चालन अनुमति दिएको आरोपमा गोवा सरकारका तीन वरिष्ठ अधिकारीलाई निलम्बन गरिएको छ।

गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मृतकका परिवारलाई पाँच लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन्। साथै, अनुमति बिना सञ्चालन भइरहेका क्लब तथा भीडभाड हुने स्थानहरूको अडिट गरिने बताएका छन्।

प्रत्यक्षदर्शीहरूका अनुसार क्लब अत्यधिक भीडिएको थियो र आगो सुरु भएको केही मिनेटमै सम्पूर्ण संरचना जलेर नष्ट भएको थियो। आगोका कारण ग्याँस सिलिन्डर समेत विष्फोट हुँदा स्थिति झन् भयावह बनेको थियो।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search