Epost Nepal

पुष्पकमल दाहालले नराम्रो कामको नेतृत्व गरिरहेका छन्: प्रधानमन्त्री केपी शर्मा ओली

२८ मङ्सिर, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नराम्रो कामको नेतृत्व गरिरहेको बताएका छन् ।

शुक्रबार आदिवासी जनजाती महिलाहरूको प्रथम राष्ट्रिय भेलामा उनले कूप्रचारको नेतृत्व माओवादीले गरिरहेको आरोप लगाए ।

“यो माओवादी जुन दिन देशमा पलायो, त्यहाँबाट जाली फटाह, झुट, बेइमान, मुद्दा हाल्ने के गर्ने, मान्छेहरूलाई दुःख दिने, कूप्रचार गर्ने सबै काम माओवादीको नेतृत्वमा भइरहेको छ । ओलीले प्रचण्ड नेतृत्वमा एमाले र त्यसका अध्यक्षविरुद्धको कूप्रचारमा सक्रिय रहेको जिकिर गरे ।

“प्रचण्ड महोदयले नराम्रा कामको नेतृत्व गरिरहनुभएको छ । उहाँको गिरोह सक्रिय छ । अरू होइन, एमाले र मेराविरुद्ध सक्रिय छ,” ओलीको दाबी छ ।

उनले आफूमाथि लगाइएका आरोप र भ्रम काठमाडौंमा नै बसेर पचाइदिने समते बताए । “शिवजीले घाँटीमा लिएर कहिले गोसाईकुण्ड पुग्नुहुन्थ्यो, कहिले कहाँ । काठमाडौं बसी बसी त्यस्ता विष निलिदिन्छु, पचाइदिन्छु । कतै जानुपर्दैन । जसले जे फैलाए पनि खण्डन गरेर जाने हो, झुटलाई पराजित गर्ने हो,” ओलीले भने ।

उनले भ्रममा नपर्न पनि आग्रह गरे । उनले प्रचण्डले भ्रष्टाचारीको संरक्षण गरेर आफूविरुद्ध आरोप लगाएको भन्दै आपत्ति समेत जनाए ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search