Epost Nepal

सत्ता नजिक भएकै आधारमा कानूनविपरीत गर्ने कसैले पनि उन्मुक्ति पाउनु हुँदैन: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा

२४ कात्तिक, काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता नजिक भएकै आधारमा कानूनविपरीत गर्ने कसैले पनि उन्मुक्ति पाउनु नहुने बताएका छन् ।

सत्ता साझेदार दलका नेताहरूलाई सहकारी ठगी र मानव तस्करी प्रकरणमा उन्मुक्ति दिन खोजिएको आरोप लागिरहेका बेला शनिबार स्वर्गीय गणेशमान सिंहको स्मृति दिवसमा श्रद्धाञ्जली अर्पण गर्दै महामन्त्री थापाले कानून सबैका लागि बराबर हुनुपर्ने बताएका हुन् ।

‘कोहीप्रति कुनै प्रकारको पूर्वाग्रह वा पक्षपात नगरी कानूनले स्वतन्त्र र निर्भीक रूपमा आफ्नो काम गर्न पाउनुपर्छ’ कानुनी शासनको मान्यता यही हो। कानूनविपरीत कार्य गर्ने सबै जना कानूनी प्रक्रिया अनुसार अनुसन्धानको दायरामा आउनुपर्छ,’ थापाले सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा राख्दै भनेका छन् ।

उनले गलत गर्ने व्यक्ति सत्तानजिक भएपनि उसलाई जोगाएर राख्न नमिल्ने बताए । ‘सहकारी प्रकरण होस् की जनप्रतिनिधि मानव तस्करीमा संलग्न रहेको प्रकरण होस्, यस्ता प्रकरणमा संलग्न सत्ताको नजिकको होस् की टाढाको होस्, नयाँ होस् की पुरानो होस्, भिडको होस् की टाकुराको होस्, एक्लो होस् की शक्तिशाली होस् । कानुन सबैको लागि बराबर हुनुपर्छ। गल्ती गर्नेले सजाय भोग्नुपर्छ। सबै कानुनी दायरामा आउनुपर्छ र सबैले आफ्नो भागको कानुनी दायित्व बोक्नुपर्छ,’ थापाको भनाइ छ ।

उनले कुनै पनि व्यक्तिलाई राज्यले मन पर्दा कारबाही गर्ने र मन नपर्दा उन्मुक्ति दिने गर्न नसक्ने बताए ।

उनले लेखेका छन्, ‘यो विचार,आबद्धता वा पृष्ठभूमिको आधारमा हुने छनोटको विषय होइन, विधिको विषय हो। म यो मान्यतामा अटल विश्वास गर्छु। त्यसैले बन्द कोठाको बैठकमा होस् कि सार्वजनिक स्थानमा होस्, पार्टी सरकारमा हुँदा होस् कि प्रतिपक्षमा हुँदा होस् मेरो यो मान्यता र विश्वास बदलिँदैन।’

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search