Epost Nepal

नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता सहकार्यलाई सहज बनाउन  बनाए दुई दलीय कार्यदल

२१ कात्तिक, काठमाडौं – नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता सहकार्यलाई सहज बनाउन  दुई दलीय कार्यदल बनाएका छन् ।

प्रतिपक्ष दलले गठबन्धनमा समस्यामा फस्न लागेको आरोप लगाइरहेका बेला दुई दलले सोमबार कार्यदल बनाएका हुन् । कार्यदलले गठबनमधन निर्माणका बेला भएको संविधान संशोधनलगायत सात बुँदे सहमति कार्यान्वयन र सरकारको साझा न्यनुतम कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यानवयनमा लैजान भूमिका खेल्ने नेताहरुको भनाइ छ ।

कार्यदलको शीर्ष तहमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा रहने गरी आठ सदस्य छन् । कार्यदलमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु देउवा र एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव एवं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल रहेका छन् ।

प्रदेश र जिल्लामा दुई दलबाट तीन/तीन सदस्य रहेको कार्यदल बनाउने सहमति भएको छ । यो कार्यदलले प्रदेश सरकारलाई सुझाव दिने र स्थानीय सहकार्यका लागि काम गर्ने नेताहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search