Epost Nepal

श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम अस्वीकृत

८ असोज, काठमाडौं – संसदीय सुनुवाई समितिले सरकारद्वारा श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम अस्वीकृत गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले प्रस्तावित राजदूत भट्टराईले नै राजदूत नियुक्तिको प्रक्रियाबाट नाम फिर्ता लिने निवेदन दर्ता गराएको र निवेदन सनाखत समेत भएकाले उक्त पदमा नियुक्तिका लागि निजको नाम दुई तिहाईले अस्वीकृत गरेको समितिका सभापति इश्वरीदेवी न्यौपानेले जानकारी दिए ।

स्नातक पास गरेको प्रमाणपत्र बुझाउन नसकेपछि यसअघि समितिले भट्टराईको नामबारे निर्णय गरेको थिएन । प्रमाणपत्र प्राप्त नभएपछि भट्टराईको नाम अस्वीकृत गर्ने समितिको तयारीसँगै बैठक अघि नै व्यस्तताको कारण देखाउँदै भट्टराईले प्रस्तावित राजदूतबाट नाम फिर्ता लिने निवेदन दर्ता गराएका थिए ।

त्यस्तै सुनुवाई समितिको बैठकले संविधान अनुसार समावेशी र संसदीय सुनुवाई समितिको कार्यविधि बमोजिम समानुपातीक समाावेशी सिद्धान्तका आधारमा राजदूत सिफारिस गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको सभापति न्यौपानेले जानकारी दिय ।

त्यस्तै बैठकले नेपाल सरकारले राजदूत नियुक्तिका लागि संसदीय सुनुवाईका लागि सिफारिस गर्दा समितिको कार्यविधि अनुसारसम्बन्धी व्यक्ति वा उम्मेदवारको योग्यताका सम्पूर्ण प्रमाणित कागजातसमेत उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search